खोलेसिमलमा अनुदानको मल वितरण

रत्ननगर २० साउन,

शिशिर सिंखडा : जुटपानी–६ खोलेसिमलमा रहेको जनएकता उपभोक्ता सहकारी संस्था लि.ले अनुदानको मल विक्री वितरण गरेको छ ।

स्थानीय जुटपानी,पदमपुर,पिठुवा,सिद्धि,काउले,शक्तिखोर र रत्ननगरका किसानहरुलाई लक्षित गरी अनुदानको मल विक्री वितरण गरिएको संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले बताए । संस्थाले युरिया,डिएपी र पोटास विक्री गर्दै आएको छ ।

निजी क्षेत्रमा अनुदानको मल विक्री गर्न नपाईने भएपछि सहकारीमा मल खरिद गर्ने किसानहरु टाढा टाढा बाट आएका छन ।

संस्थाले एक बर्षमा एक हजार क्वीन्टल भन्दा धेरै मल विक्री वितरण गरेको र यस बर्ष मल विक्री अझै बढने संस्थाका व्यवस्थापक होमप्रसाद भट्टले जानकारी दिए । साथै संस्थाले सस्तो र सुलभ किराना पसल पनि विगत सात बर्ष देखि सञ्चालन गर्दै आएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com