अमेरिकामा भूकम्प पिडितको सम्झनामा रक्तदान

डिसी भदौ १०,

अमेरिकाको वाटर फोर्ड मिचिगनमा गत अगस्त २२ तारिख एव्रेस्ट ते क्वान्दो प्रशिक्षण भवनमा पहिलो पटक नेपालीहरुको प्रयासमा नेपालमा भएको भूकम्प पिडितहरुको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जसमा अमेरिका रेड क्रसको पूर्ण सहयोगमा ज्योति एव्रेस्ट ते क्वान्दो संघ ,एन आर एन मिचिगन शाखा र युनि भर्सल नेपलिज ते क्वान्दो फेडेरेसन को सक्रियतामा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

सो कार्यक्रम मिचिगन स्थित जन समुदायहरुको ठुलो जमघट भएको थियो । जसमा ३० जनाले रक्तदान गरेका थिए । यस किसिमको कार्यक्रमले अन्य थप कार्यक्रम गर्न हौसला मिलेको कुरा एन आर एन मिचिगन शाखाका अध्यक्ष जगन लाल श्रेष्ठले बताए । 

कार्यक्रमको लागि स्थानीय समाज सेवी शरण श्रेष्ठ , एन आर एन मिचिगनका अध्यक्ष जगन लाल श्रेष्ठ , ज्योति एवेरेस्ट ते क्वान्दोका प्रशिक्षक अमुल गोर्खाली र अन्टिक का महा सचिब लव प्रसाद गोर्खालीको संयोजनमा पहिलो पटक आयोजना गरिएको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com