देशभक्ति संदेश



भावना, देशभक्ति संदेश 

बुद्ध भुमि शान्ति भुमि किन पार्छौ युद्ध भुमि 
रुदै छिन नेपाल आमा कता सार्छौ किन मातृभूमि  । ।

दश बर्से जनयुद्धमा रगतले पोतिएको दाग छ कर्मभूमि 
बगाउदैछिन अश्रुधारा नेपाल आमा मार्छौ किन मातृभूमि  । ।

सयौ जातको फुलबारी मेची देखि महाकाली 
लगाउदैछौ मिलि अंशबन्डा खण्ड पार्छौ किन मातृभूमि  । ।

एकै सन्तानका  दाजु भाई  गर्छौ किन  काटामार
लगाउदैछौ तेरो मेरो भन्दै सिमाना बार्छौ किन मातृभूमि  । ।

कविराज मगर 
दिप्लुंङ १ केराबारी 
खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com