जेरुसलेम आक्रमणमा घाइते किशोरीको मृत्यु

जेरुसलेम साउन १८,

बिबिसी : जेरुसलेममा पुरुष समलिङ्गीहरुको एउटा र्यालीका क्रममा आक्रमणबाट घाइते भएकी एक किशोरीको मृत्यु भएको छ।

एकजना व्यक्तिको चक्कु प्रहारबाट गम्भीर घाइते भएकी ती किशोरीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

बिहिबार आयोजित पुरुष समलिङ्गीहरुको वार्षिक र्यालीका क्रममा उनी सहित ६ जनामाथि आक्रमण गरिएको थियो। एकजना कट्टर यहुदीले उनीहरुमाथि चक्कु प्रहार गरेका थिए।

शुन्य सहनशीलता 
सन् २००५ मा त्यस्तै प्रकृतिको आक्रमण गरेका ती यहुदीलाई घटनास्थलमै पक्राउ गरिएको थियो।

आक्रमणकारीलाई घट्ना लगत्तै पक्राउ गरिएको थियो
उनी १० वर्ष लामो जेल जीवन बिताएर तीनसाता अघि रिहा भएका थिए।
र्यालीमा घाइते भएकी शिराको मृत्युपछि उक्त घटना भएको स्थानमा स्मृति कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा उनका साथीहरु, शिक्षक तथा पुरुष समलिङ्गीका समर्थनहरु लगायत सयौं सहभागी थिए।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्ध आक्रमणकारीलाई निन्दनीय कार्य गर्ने मानिस भएको बताए। 'यहुदी अतिवादीहरुविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिने' उनको चेतावनी थियो।

नयाँ कदम
संदिग्ध यहुदीहरुको बम प्रहारबाट वेस्ट ब्याङ्कमा एकजना १८ महिले बालकको ज्यान गएको घटनापछि पनि नेतन्याहुको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

उनले ६ जनामाथि आक्रमण गरेका थिए
बालकको हत्याको अभियोगमा अहिलेसम्म कोही पक्राउ परेको छैन्।
इजरेली मन्त्रिपरिषद्ले प्यालेस्टिनीहरुविरुद्धको उग्रराष्ट्रवादीहरुको हिंसासँग जुझ्न नयाँ कदमहरु अनुमोदन गरेको छ।

जसअन्तर्गत कुनै सुनुवाइ बिना पनि इजरेलीहरुलाई थुनामा राख्न पाइने व्यवस्था छ, जुन नीति हालसम्म प्यालेस्टिनीहरुको हकमा प्रयोग गरिंदै आइएको थियो।
विरलै रुपमा इजेरली नागरिकहरुको हकमा त्यसको प्रयोग गरिन्थ्यो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com