केउरेनीढाप खानेपानीमा पुनः अधिकारी चयन

रत्ननगर ५ भदौ 

शिशिर सिम्खडा :  पूर्वी चितवनको केउरेनीढाप खानेपानी तथा सरसफाई उपभोक्ता समूह जुटपानी १ को चौथो साधारण सभा तथा तेश्रो अधिवेशन आज शनिबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक शिशिर सिंखडाले आर्थिक प्रतिवेदन र कोषाध्यक्ष दिपक लामिछानेले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय एवं नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला अध्यक्ष सिर्जना देवकोटा, नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति गणेश शर्मा पौडेल, खोलेसिमल बजार व्यवस्थापन समितिका उपाध्यक्ष नर बहादुर जि.सी., सुर्यपुर खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष नारायणदत्त कडेल, जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष यदुप्रसाद खतिवडा, उपभोक्ता मनोरमा रेग्मी, बृहस्पति वाग्ले, सल्लाहकार बिनोद रेग्मी, पूर्व अध्यक्ष शितलकाजी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । तेश्रो अधिवेशनले पुनः बालकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 
समितिको उपाध्यक्षमा कल्पना बस्नेत, सचिव भिमप्रसाद खनाल, कोषाध्यक्ष दिपक लामिछाने, सह–सचिव नरबहादुर जि.सी. चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा विन्दा रेग्मी, सुमित्रा अधिकारी, सीता दाहाल, रीता थिङ, चन्द्रकला रेग्मी, डण्डपाणी लामिछाने, झलक शर्मा पौडेल र मेघनाथ दुवाडी चयन भएका छन् । त्यस्तै लेखासमिति संयोजकमा शिशिर सिंखडा र सदस्य टिकाराम रेग्मी तथा हरिप्रसाद भण्डारी चयन भएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com