औषधिमा मिसावट गर्ने ६ जनालाई १० वर्षको कैद सजाय

बुधबार भदौ २,

एजेन्सी - प्यारासिटामोलमा अर्कै तरल पदार्थ मिसाएको अभियोगमा वंगलादेशको एक अदालतले एउटा औषधी कम्पनीका ६ जना कर्मचारीलाईहरुलाई १० वर्षको कैद सजाय सुनाएको छ । 

अहिले बन्द खवस्थामा रहेको बीसीआई वंगलादेश नाम औषधी कम्पनीका निर्देशक साजन सरकार र पाँच जना कर्मचारीलाई अदालतले १० वर्ष कैदको सजाय सुनाएको हो । सो सिरप(झोल) खाँदा बालबालिकाको किड्नी समेत फेल भएको थियो । ‘बालबालिकालाई दिइने प्यारासिटामोलको सिरपमा मिसावट गरेको अभियोगमा उनीहरुलाई १० वर्ष कैदको सजाय दिइएको छ’ वकिल नदिम मिहले एएफपीलाई बताए । 

तर, अहिले भने सो कम्पनीका निर्देशक सरकार मात्र जेल जानेछन् । पाँच जना अन्य निर्देशक र प्रवन्धकहरु भने फरार छन् । सन् २००९ मा छाला उद्योगमा सामान्य रुपमा प्रयोग हुने डाइथेलिन ग्लावाईकोलको मिसावट भएको पाइएपछि उनीहरुमाथि सोही वर्ष नै अभियोग लगाइएको थियो । सो तरल पदार्थ प्रोपाईलेन ग्लाइकोलको एउटा विकल्पको रुपमा प्रयोग गरिएको थियो । 

सो तरल पदार्थ वास्तविक औषधिको तुलनामा १० गुणा सस्तो भएको बताइन्छ । कम्पनीले बनाएको औषधी सेवन गरेपछि सन् १९९० को दशकमा सयौ बाबालिका मर्न थालेको चकित्सकहरुले गुनासो गरेपछि सरकार सो स्थानीय औषधी उद्योगका विरुद्धमा उत्रिएको थियो । सन् २००९ मा प्यारासिटामोलको झोलमा मिसावटमा प्रयोग गरिएको सो रसायन पुनः देखिएपछि दर्जनौं बालबालिकाहरुको मृत्यु भएको थियो । सो कान्डमा पाँचवटा स्थायी कम्पनीहरुको संलग्नता रहेको विश्वास गरिएको थियो । 

एकजना वंगलादेशी वालचिकित्सकका अनुसार सो मिसावटयुक्त औषधि सन् १९८० को दशकअघि देखि नै देखिएको हुन सक्ने र औषधी सेवनबाट हजारौँ मानिसहरुको मृत्यु भएको छ । ऐडफ्लेम फार्मसुटिकल लिमिटेडका तीन जना कामदारालई गतवर्ष जेल चलान गरिएको थियो । तर, बीसीआई वंगलादेशका ६ जनाको मुद्दा लामो समयसम्म लम्बिएको थियो । अन्ततः सोमबार गरिएको फैसलाले औषधिमा मिसावट गर्ने अपराधीलाई चेल चलान गरिएको छ । 

एकजना वरिष्ठ बाल चिकित्सक मोहम्मद हनिफका अनुसार सन् १९८२ देखि स्थानीय अस्पतालहरुले बालबालिकाको किड्नीमा समस्या आउन थालेको थियो । तर, बालबालिकाको मृत्यु डाइथेलिन ग्लाइकोलले नै हो भन्ने प्रमाणित गर्न भने १० वर्ष लागेको थियो । सो विषयमा बेलायतको जर्नलमा लेख समेत लेख्दै आएका हनिफले सो मिसावटयुक्त औषधीका कारण हजारौ बालबालिकाको ज्यान गुमिसकेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com