GFNL केन्द्रले मनायो ५ औं बार्सिकोत्सव र भानुजयन्ती

जुलाई १४ युके,

विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले आज महासंघ स्थापनाको ५ औं बर्ष उत्सव तथा २०१ औं भानु जयन्ति अनलाईनमा सिर्जना वाचन गर्दै मनाएका छन् ।

नेपाली समयनुसार साँझ सात बजे सुरु भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रको पाँचौं बार्कोत्सव तथा राष्ट्रिय विभूति, आदिकवि भानुभक्त आचार्यको २०१ औं जन्म जयन्ति दिवस अत्यन्त रमाइलो सोहार्द्रतापूर्ण साहित्यमय वातावरणमा सम्पन्न भयो ।

साबित्रा लुईटेल (ईजरायल), सुरेन्द्र लिम्बु (भारत), डा. लेखनाथ काफ्ले (ताईवान), चिमखोले काँईलो 'दुत' (युके), सुनिता राई सुब्बा (ईजरायल), कृष्णप्रकाश श्रेष्ठ (रसिया), दलबीर बराईली (युएई), दिलु सिंजाली (काठमाडौं), अतित गुरागाई (ईटहरी), खगेन्द्र पन्धाक (थाईल्याण्ड), मुरारीराज शर्मा (युके) र विश्वास दीप तिगेला (युके) ले सिर्जना बाचन गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com