३८० चेपाङ परिवारलाई सोलार

रत्ननगर (चितवन), ६ साउन,

टुकी बत्तीको सहारामा जीवन गुजार्दै आएका चितवनको विकट सिद्धि गाविसका ३८० चेपाङ परिवारलाई सोलार बत्ती उपलब्ध गराइएको छ । भूकम्पपीडितलाई लक्षित गरेर सोलार बत्ती वितरण गरिएको हो । 

वैकल्पिक ऊर्जा कार्यक्रम तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा यहाँ चेपाङलाई सोलार बत्ती उपलब्ध गराइएको हो । स्थानीयवासी दलबहादुर चेपाङले सोलार बत्तीले चेपाङ अधिकारमा काम गर्नुपर्ने बाध्यता हट्दै गएको बताउनुभयो । अन्य चेपाङका लागि पनि सहयोग आवश्यक भएको उहाँको भनाइ छ । 

सो गाउँका अधिकांश ठाउँमा अझै विद्युत् पुग्न सकेको छैन । टुकीको भरमा उनीहरु साँझ–बिहान कटाउँछन् । उक्त बत्तीमा मोबाइल चार्ज गर्नसमेत मिल्ने छ । चेपाङसहित सो क्रममा १२ विद्यालय, गाविस र स्वास्थ्यचौकीलाई समेत सोलार वितरण गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com