चेपाङ्ग संरक्षण केन्द्रलाई सहयोग

बिहिबार असार १७ ,

पत्रकार अनिता अर्यालले आफ्नो छोरा अंशुम लामिछानेको जन्मदिनको अवसरमा आज पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रलाई १ थान कम्प्युटर र २ बोरा चामल सहयोग गर्नुभएको छ ।

पत्रकार अर्यालले यसअघि पनि केन्द्रलाई विभिन्न किसिमको सहयोग गर्दै आउनुभएको छ । चेपाङ्ग बालबालिकाहरुले पनि कम्प्युटर शिक्षा प्राप्त गरुन भन्ने उद्देश्यले छोराको जन्मदिनको अवसरमा चेपाङ्ग बालबालिकाहरुलाई कम्प्युटर प्रदान गरेको पत्रकार अर्यालले बताउनुभयो ।

उहाँले आफ्नो छोरासहित केन्द्रमै पुगेर सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । केन्द्रमा हाल चितवन, धादिङ्ग, गोर्खा र मकवानपुरका गरी १ सय २ जना चेपाङ्ग बालबालिकाहरु आश्रय लिई नजिकैका सरकारी विद्यालयहरुमा अध्ययन गरिरहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com