एनआरएन मिचिगन च्याप्टरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिचिगन (अमेरिका) आषाढ २५,

बिजय थापा : गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले गत जुलाई ५, २०१५ मा मिचिगन राज्यको वाटरफोर्ड स्थीत कोम्प्फोर्ड इन होटेलमा करीब २०० जनाको उपस्थित माझ परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा च्याप्टरका उपाध्यक्ष पुण्य वहादुर पराजुलीले स्वागत सहीत कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । सोही अवसरमा च्याप्टरले २ वर्षभत्र गर्ने कार्यक्रमको रुप प्रस्तुत गरिएको थियो । च्याप्टरको भावी कार्ययोजना, नेपालमा गएको भुकम्प पिडितका लागि स्थापना गर्न लागिएको राहत कोषको सम्वन्धमा कार्यक्रममा छलफल भएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अमेरिकामा रहनुभएका आम नेपालीको हितका लागि एनआरएन अमेरिका सदैव क्रियाशिल रहने बताउनुभयो । उहाँले अमेरिकामा रहेका सवै संघ संस्थासँग सहकार्य गरेर एनआरएन अघि वढ्ने बताउनुभयो । अध्यक्ष डा. पौडेलले अमेरिका सरकारले भुकम्प प्रभावित नेपालका लागि टिपिएस लागू गर्नु धेरै नेपालीका लागि सौभाग्यको विषय भएको धारणा राख्दै भुकम्प पिडित नेपाली दाजुभाई तथा दिदि वहिनिहरुका लागि एनआरएन अमेरिकाले सहयोग गरिरहेको र गर्दै जाने उल्लेख गर्नुभयो । 

अध्यक्ष डा. पौडेलले एनआरएन गैरआवासीय आम नेपालीको साझा संस्था भएको चर्चा गर्दै एनआरएनमा आवद्ध हुन सम्पूर्णमा आग्रह गर्नुभयो । नवगठित कार्यसमिति पधाधिकारीहरुलाई परिचय तथा प्रमाण पत्र बितरण गर्दै अध्यक्ष डा. पौडेलले अमेरिकाका विभिन्न राज्यमा एनआरएन च्याप्टर क्रियाशिल रहेको बताउँदै नवगठित मिचिगन च्याप्टरले सुरुवाती दिनदेखि नै सक्रियता वढाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा एनआरएन अमेरिकाका क्षेत्रिय उपाध्यक्ष रामसी पोखरेलले नेपालमा एनआरएनले भुकम्प पीडितहरुमाज सहयोग गरेको बिषयमा आफ्नो अनुभबको बारेमा चर्चा गर्नुभयो। त्यस्तै, एक दसक देखी मिचिगनमा चिकित्सा क्षेत्रमा  सकृय डा. राजेश पोखरेलले एनआरएन मिचिगन च्याप्टर गठन भएकोमा खुशी व्यक्त गर्दै च्याप्टरको भावी निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा आफूहरुले सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा जनसम्पर्क समिति मिचिगन च्याप्टर अध्यक्ष रामप्रसाद वस्याल, केन्द्रीय सदस्य अमृत भट्टराई तथा डा. मारोहङ लिम्बु लगायतले वोल्दै एनआरएन मिचिगन च्याप्टरलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । डा. हेम रेग्मी  र समाजसेवी शरण वादे श्रेष्ठ लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रमको संचालन सचिब सरोज पराजुलीको आग्रह पस्चात एनआरएन अमेरिकाका पूर्व वोर्ड अफ डाइरेक्टर धर्म भट्टराईले  गर्नुभएको थियो भने कोषाध्यक्ष छवि लामिछानेले च्याप्टरको आर्थिक पक्षका वारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रमका सभापति तथा एनआरएन मिचिगन च्याप्टरका अध्यक्ष जगनलाल श्रेष्ठ (विपिन)ले सम्पूर्ण मिचिगनवासी नेपाली दाजुभाई दिदि वहिनी तथा एनआरएनलाई मायाँ गरेर सहयोगी हात वढाउने सम्पूर्णको सहयोगमा एनआरएन मिचिगन च्याप्टर अघि वढ्ने बताउनुभयो । सोही अबसरमा उहाले च्याप्टरले सार्वजनिक गरेको कार्ययोजना एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो ।

यसैविच, च्याप्टरको भुकम्प पिडित राहत कोषमा स्थानीय प्रदिप रिसालको पहलमा $१,२५०, विरेन्द्र भारी, कविना भारीको समूहले $१,४५०, फिराश कार्मो(फिल)ले $५००, पूर्व बोर्ड अफ डाइरेक्टर धर्म भट्टराई, देउशी समुहका तर्फबाट $५००, सुरज आचार्यले $३००, मिचिगन नेपाली फुटवल टोलीले $१०० अमेरिकी डलर गरी कार्यक्रममा $४,१०० डलर जम्मा भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com