खाडीका छ मुलुकमा अब नि:शुल्क हवाई टिकट र प्रवेशाज्ञ

सोमबार आषाढ २१,

नारीदर्पण : खाडीका छ मुलुक र मलेसियामा बैदेशिक रोजगारीमा जाने कामदारलाई नि:शुल्क हवाई टिकट र प्रवेशाज्ञ व्यबस्था आज बाट लागु हुने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले गएको जेठ २६ गत्ते कतार,बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स, कुबेत, मलेसिया , दुवै, अमन, नि:शुल्क टिकट र प्रवेशाज्ञ लागु गर्ने निर्णय गरेकोमा आज देखि कार्यन्वयनमा आउने भएको हो ।

निशुल्क हवाई टिकट र प्रवेशाज्ञ सहित कामदारको माग भएकालाई मात्रै बैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ । यो निर्णय कार्यन्वयनमा आए संगै बैदेशिक रोजगारमा जाने कामदारले अबधिक जीवन विमा, अभिमुखीकरण तालिम, स्वास्थ्य परिक्षण शुल्क र कल्याणकारी कोषको शुल्क मात्र बुझाउनु पर्नेछ ।

यस्तैगरी कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अबस्थामा मात्रै यहाँका नेपाली म्यानपावर कम्पनीले रु दस हजार सम्म सेवा शुल्क लिन पाउनेछन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com