धरहरा पुनः निर्माण गर्न ३० करोड माग

भिबार साउन ७,

नारीदर्पण : गत बैशाख १२ गत्ते गएको महाभूकम्प पश्चात पूर्ण रुपमा ध्वस्त हुन पुगेको राष्ट्रिय प्रतीकका रुपमा धरहरा पुनः निर्माणका लागि पुरातत्व विभागले सरकार सँग ३० करोडको माग गरेको छ ।

पुरातत्व विभागले पहिलेको स्वरुपमा नै धरहरा निर्माण गर्न सो लागत लाग्ने भन्दै सरकार सँग उक्त रकम माग गरेको हो । तत्कालिन राजा रणबहादुर शाहकि महारानी ललित त्रिपुरा देवी शाहले निर्माण गरेको धरहरा यस पटक आएको भूकम्पले पूर्ण ध्वस्त हुन पुगेकोछ ।

बिक्रम संवत १८८२ मा निर्माण भएको धरहरा १९९० माघ २ गत्ते गएको महाभूकम्प पछी दुइतला भाचिएको थियो । पांच बर्ष भित्र निर्माण सम्पन्न गर्ने उदेष्य लिएको धरहरा निर्माण गर्न तीस करोड लाग्ने पुरातत्व विभागका प्रबक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन् ।

विभागले हरेक बर्ष छ करोडका दरले रकम निकासा गरे पाँच बर्ष भित्र धरहरा निर्माण सम्पन्न गर्न सकिने कुँवरले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com