हामी गुरुहरू नै अपूर्ण छौँ

गुरु मातापिता, गुरु बन्धुसखा...’ अर्थात् गुरु मातापिता अनि आफन्त र मित्र पनि हो भन्दै हाम्रो सनातन परम्पराले गुरुलाई उच्च सम्मान र स्थान दिएको छ । यस अर्थमा एउटा गुरुको आफ्ना शिष्यप्रतिको कर्तव्य पनि असीमित देखिन्छ । आमा– बाबु, बन्धुबान्धव तथा मित्र सबैका रूपमा रहेर गुरुले आफना शिष्यप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्छ । जुन शिष्यले यस्तो उत्तरदायी गुरुको छत्रछाया प्राप्त गरका छन्, उनीहरू इतिहासमा महान व्यक्तित्वका रूपमा स्थापित भएका छन् । यस्तो महिमामयी अनि गरिमामयी गुरुप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने दिन अर्थात् आज गुरुपूर्णिमा ।

पौराणिक सन्दर्भका दुई गुरुहरूलाई स्मरण गर्न चाहन्छु म । गुरु द्रोणाचार्य र गुरु चाणक्य । दुबै आ– आफनो समयका महान गुरु मानिन्छन् । तुलनात्मक रूपमा हेर्ने हो भने दुबैका विशेषता भिन्न देखिन्छन् । गुरु द्रोणाचार्य राजसभामा एउटी नारीको अपमान भैरहँदा त्यसको विरोध गर्नुसट्टा मौन बसिरहे, तर गुरु चाणक्य एउटी नारीको गुमेको अधिकार र आत्मसम्मान स्थापित गराउन दिलोज्यानले  लागिरहे ।  फलस्वरूप भारतवर्षले अशोकजस्तो सम्राट पाउन सक्यो । द्रोणाचार्यले शिक्षालाई कुलीन वर्गमा मात्र सीमित राख्न चाहन्थे भने चाणक्यले त्यसमाथि सबैको अधिकारको बहस गर्थे । द्रोणाचार्य पक्षपाती गुरु त थिए नै, उनी शिष्यको औंलो काटेर गुरुदक्षिणा लिनसमेत पछि परनन् । द्रोणाचार्यजस्तो गुरुको आवश्यकता छैन वर्तमानलाई, जो शिक्षामा भेदभावको नीति लिन्छन् ।

वास्तविक गुरु त चाणक्यजस्तो पो हुनुपर्छ, जो आफ्नै शिष्यद्वारा पराजित हुनुमा गौरवबोध गर्छन् । आफ्ना सिद्धान्तमाथि पुनर्विचार मात्र होइन, तिनलाई काटेर नयाँ सिद्धान्त स्थापित गराउने स्वतन्त्रता दिन्छन्, शिष्यलाई । खिया लागिसकेका पुरातन संस्कारमा जकडिन चाहन्नन्, यस्ता गुरुहरू । उनीहरू त यस्ता शिष्य तयार पार्छन्, जो भविष्यमा परिवर्तनका संवाहक बन्छन् ।

इतिहासमा गौरवबोध गरर मात्र सन्तुष्ट हुनसक्दैन, अब वर्तमान । वर्तमानमा त हामीले सोच्नुपर्ने बेला आएको छ कि हामी कस्तो गुरु बन्दैछौं ? म सन्तुष्ट हुन  सकिरहेकी  छैन  आज,  आफूलाई एउटा  गुरुका रूपमा हेर्दा, किनकि जब म बाटो हिँडिरहेकी हुन्छु, विश्वविद्यालयबाट उत्पादित हजारौं शिष्यहरू बेरोजगार भएर पासपोर्ट तथा भिसाको लाइनमा उभिइरहेको देख्छु । शैक्षिक प्रमाणपत्र बोकेर जागिरका लागि कार्यालय चहार्दा—चहार्दै थाकेका युवाहरू पार्क, गल्ली अनि होटल–रस्े टुरन्टहरूमा सुस्ताएर शिक्षित हुनुको पीडा पोख्दै आफ्ना गुरु अनि विश्वविद्यालयलाई सरापिरहेको देख्दा मेरो गुरुत्व चसक्क चस्कन्छ । 

किन आज हामी र हाम्रा  विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना किन उनीहरू स्वदेशी उद्योगधन्दाबारे सोच्न चाहँदैनन्  ? प्रश्नको उत्तर प्रतिप्रश्नमा नै आउँछ— किनकि हामी गुरुहरू नै अपूर्ण छौँ । व्यावहारिकभन्दा सैद्धान्तिक ज्ञानका पुराना ठेली बोकेका हामीले कसरी आफ्ना शिष्यहरूलाई वर्तमानका नवीनतम सम्भावना तथा चुनौतीलाई बुझ्न र सामना गर्नसक्ने बनाउन सक्छौँ ? हामीसँग त वर्षौदेखिको उही कारिन्दा तयार पार्ने  सैद्धान्तिक ज्ञान छ । उही शैक्षिक नीति छ, उस्तै पुरातन प्रवृत्ति छ । न हाम्रो शैक्षिक नीतिले आफ्नो पुरानो खिया लागिसकेको परिपाटी त्याग्नसकेको छ, नत हामी शिक्षकहरू युगसापेक्ष आफूलाई परिवर्तन गर्न तयार नै छौँ । उच्च शिक्षाका शोधपत्रहरू ‘कपिपेस्ट’को परिपाटी त छँदैछ, निश्चित मूल्यमा शोधपत्र तयार पारिदिने विज्ञापनहरू पनि प्रशस्तै देखिन्छन् ।

यसैगरी आज हरक शिष्यले पनि आफू कस्तो शिष्य बनिरहका छौँ भनेर सोच्नुपर्ने बेला आएको छ । आजका शिष्यहरूमा अनुशासन र लगनशीलताको खाँचो छ, सिर्जजशीलताको अभाव छ । त्यसैले त सुगारटाइबाट एसएलसीमा अधिकतम अङ्क ल्याएका मध्ये त्यसभन्दा माथिको शैक्षिक स्तर कायम राख्न सक्ने विद्यार्थीको संख्या उल्लेख्य देखिँदैन । हाम्रा जति पनि मेधावी विद्यार्थीहरू छन्, ती युरोप तथा अमेरिकी मुलुकका विश्वविद्यालयमा पुग्छन् । उनीहरूले त्यहाँ छात्रवृत्ति त पाउँछन् नै, त्यसका साथै त्यहाको शिक्षा पद्धतिअनसार आफन मिहिनेत, लगनशीलता तथा सिर्जनशीलताका माध्यमले अध्ययन–अनुसन्धान गर्छन् । त्यहाँका  शिक्षकहरू त राम्रा मार्गदर्शक मात्र बन्ने गर्छन् । उनीहरू हामीकहाँ जस्तो ‘रडिमेड’ उत्तर लिएर कक्षामा जाने गर्दैनन्, अनि विद्यार्थीको ‘कपिपेस्ट’ अनुसन्धानमा आँखा चिम्लेर हस्ताक्षर पनि गर्दैनन् । त्यसैले त ती विद्यार्थीहरू आ–आफनो विषय क्षेत्रमा गरिखान सक्ने बन्छन् । जुन राष्ट्रले उनीहरूमाथि लगानी गरर सक्षम बनाएको हुन्छ, त्यो सक्षमताको उपयोग पनि तिनै राष्ट्रले गर्ने गर्छन् । विदेशमा छात्रवृत्ति  पाएर पढ्न गएका हाम्रा राम्रा विद्यार्थीहरू स्वदेश नफर्कनुको कटु यथार्थ यही हो ।

हाम्रो शिक्षा पद्धति तथा शिक्षण सिकाइमा अब परिवर्तन आवश्यक देखिएको छ । प्रारम्भिक शिक्षादेखि नै शिक्षकले विद्यार्थीको रुचि र क्षमताको पहिचान गर्न सक्नुपर्छ । गुरुले केवल सहयोगीका रूपमा रहेर शिष्यमा अन्तरनिहित प्रतिभा र क्षमताको प्रस्फुटन गराएर उसलाई दक्षतातर्फ उन्मुख गराउनुपर्छ ।

शिक्षित हुनुको अर्थ नैतिक तथा चेतनशील हुनु हो, अनि मानवीय मूल्य—मान्यताको पूर्णत: पालना गर्नु हो । शिक्षाले जागिर खान सक्नेमात्र होइन कि गरिखान सक्ने स्वावलम्बी नागरिक तयार पार्न सक्नुपर्छ भन्ने यथार्थलाई आत्मसात् गर्नसक्नु आज गुरु तथा शिष्य दुबैको आवश्यकता हो । यस प्रकारको आवश्यकता पूर्ति गर्न योग्य एवं सक्षम गुरुवर्ग नै समय अनुकूलको शैक्षिक व्यवस्थापनका लागि अग्रसर हुनुपर्ने बेला आएको छ ।
_ साधना प्रतीक्षा-इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com