इलाममा आयुर्वेद औषधालय स्थापना

इलाम साउन ७,

इलाम नगरपालिका–३ मा स्थापना गरिएको आयुर्वेद औषधालयको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बुधबार विधिवत् रुपमा उद्घाटन गरे । 

नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा पु¥याउन सकियोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको औषधालयमा कविराज गौरीशङ्कर शाह, कास कल्पना शर्मा र गणेश श्रेष्ठलाई खटाइएको छ । आयुर्वेद पद्धतिबाट सबै रोगको निदान गर्न औषधालयको स्थापना गरिएको मेची अञ्चल आयुर्वेद औषधालय आइतबारेका प्रमुख डा सरोजप्रसाद विशालले बताए।

यहाँबाट हाडजोर्नी, पेटसम्बन्धी, ग्यास्ट्रिक, उच्च रक्तचाप, श्वासप्रश्वास, दमलगायत बिरामीको उपचार गरिने औषधालयले जनाएको छ । सो अवसरमा प्रजिअ कार्कीले नागरिकले सेवा लिन आउँदा कार्यालय बन्द भएर सेवा नपाएको गुनासो आउन नदिन तत्पर रहन औषधालयमा खटिने कर्मचारीलाई आग्रहसमेत गरे । 

धेरैतिर आयुर्वेद औषधालयमा चिकित्सक, कविराजलगायत कर्मचारी नबस्ने जनगुनासो गरेको उदाहरण दिँदै उनले औषधालयबाट नागरिकले धेरैभन्दा धेरै सेवा लिन सकून् भन्ने कामनासमेत गरे । 

अञ्चल आयुर्वेद प्रमुख डा विशालले पछिल्लो समय आयुर्वेदमा सर्वसाधारणको आकर्षण थपिँंदै गएकाले सरकारले देशभरि ९१ वटा शाखा विस्तार गर्ने क्रममा औषधालयको शाखा विस्तार गरिएको बताए । 

जिल्लामा शाखा स्थापना भए पनि थप दरबन्दी नहुँदा समस्या सिर्जना भएको औषधालयले जनाएको छ । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com