नेपाल मुक्तक प्रतिष्ठान इज़रायल शाखाले अन्तराष्ट्रिय 'अनलाइन मुक्तक प्रतियोगिता ' गर्दै

अनलाईन मुक्तक प्रतियोगिता सम्बन्धी सुचना !

संसार भरी छरिएर रहनु भएका मुक्तककारहरु बीच नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको आयोजनामा अन्तराष्ट्रिय अनलाईन मुक्तक प्रतियोगिता हुन गईरहेको सहर्ष जानकारी गराउँदछौ । नेपाली साहित्यको लोकप्रिय विधा मुक्तकमा कलम चलाउनु हुने यहाँहरु घरदेश, परदेश जहाँ बसे पनि आफ्ना ५/५ वटा मौलिक मुक्तकहरुको साथ प्रतियोगितमा सामेल हुन सक्नुहुने छ ।

प्रथम पुरस्कार रु. १५,०००/-
द्वितिय पुरस्कार रु. १०,०००/-
तृतिय पुरस्कार रु. ५,०००/-
साथमा प्रतिक चिन्ह अंकित पदक सहित प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा समावेश उत्कृष्ट १०औं स्थानसम्म पर्न सफल मुक्तकहरु शाखाको
आगामी प्रकाशन "मुक्त आकाश- भाग २ " मा प्रकाशन गरिनेछ ।
प्रतियोगिता सम्बन्धी थप जानकारी
१ तल उल्लेखित बिषयहरुमा आधारित रहेर मुक्तक लेखिएको हुनुपर्दछ । 
क, देश प्रेम
ख, समाज राजनिती
ग, विकृति बिसंगति
घ, प्रकृति
ङ, प्रणय प्रेम
२, मुक्तक चतुष्पदीय शैली शिल्पमा रचना गरिएको हुनु पर्नेछ ।
३, प्रतियोगि मुक्तकहरु पत्र पत्रीका पुस्तक तथा कुनै पनि वेब साइटहरुमा पूर्व प्रकाशित नभएको हुनु पर्नेछ । 
४,मुक्तकको साथमा आफ्नो पूरा ठेगाना,इमेल,फोन नम्बर र एक प्रति फोटो पठाउनु पर्ने छ ।
५,प्रतियोगी मुक्तक हाम्रो ईमेल npmuktak.isr@gmail.com मा पठाउनु पर्ने छ । 
६, मुक्तक पठाउने अन्तिम मिती २०१५ अक्टोबर १५ तारिक सम्म मात्र । मिती नाघेर प्राप्त हुन आएका मुक्तकहरुलाई प्रतियोगितामा समाबेश गराइने छैन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com