कास्की, पहिरोमा परि ३१ को ज्यान गयो

शुक्रबार साउन १५,

बुधबार रातिको पहिरोमा परि कास्कीमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । लुम्ले छ को एउटै वडामा मृतको संख्या २४ पुगेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएकी ७२ बर्षीय शिओधारी देवकोटाको शव आज भेटिएको प्रहरीले जनाएको छ । सो स्थानमा बेपत्ता भएका चार जनाको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुको खोजीका लागि आज बिहानै देखि सुरक्षाकर्मी तैनाथ रहेका छन् ।

लुम्लेमा तीन वटा सुरक्षा निकायका एकसय भन्दा बडी सुरक्षाकर्मी पाँच वटा डोजर एक्साभेटर खटिएको र भादौरेमा पनि एउटा एक्साभेटर सहित पचास भन्दा बडी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर राउतले जानकारी दिए ।

लुम्ले सहित भदौरे, ढिकुर पोखरी तीन गाविसमा अहिले सम्म ३१ जनाको शव निकालिकोछ । ती सबै शव घटना स्थलमै पोस्टमार्टम पछी आफंतालिया बुझाइएको प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com