इज़रायलमा सांस्कृतिक तथा सेना सम्मान कार्यकम, कलाकारहरु इज़रायल आइपुगे

तेल अभिव (इज़राय्ल) आषाढ ३०,

यहीं शुक्रबार र शनिबार जुलाई १७,१८ तारिकमा हुन गैरहेको कार्यक्रमको लागि कलाकारहरु नेपाल बाट इज़रायल आइसकेका छन् ।
इजरायलको तेलभिब एअरपोर्टमा कलाकारहरु लाइ स्वागत गर्दै । 
यस कार्यक्रम सफल पार्न इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

=== Re-Post News . . . . . 
सोसाईटी अफ हेल्पिङ हट्स इन इजरायलको आयोजना तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहआयोजनामा नेपालको शान ,गौरव , प्रतिष्ठा , छवी साथै संस्कृती झल्किने एतिहाँसिक कार्यक्रम लोक दोहोरी साँझ कार्यक्रम , I.D.F ( Israel Defense Forces इजरायली शुरक्षा सेना ) सम्मान कार्यक्रम :- यहि जुलाई १७ तारिक नेपालका चर्चित लोक दोहोरि गायिका देवी घर्ति ,गायक रामजी खाड, र नेपाली तारा सिजन ३ का बिजेता प्रताप लामा र तथा स्थानीय कलाकार द्वारा बेजोड पर्स्तुती सहित सांगेतिक कार्यक्रम ।

 जुलाई १८ तारिख साँझ , देश विपतीमा डुवेको वेला इजरायलदेखि नेपालसम्म पुगेर नेपालीहरूको उद्दार तथा उपचारमा खटिएका I.D.F ( Israel Defense Forces / इजरायली शुरक्षा सेना ) हरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । राष्ट्र विपतमा डुव्दै अन्तराष्ट्रिय सहयोगको अपेक्षा सहित पिडामा चिच्याईरहदा नेपाल र नेपालीसंगको भावनात्मक नाता प्रगाढ वनाउदै सहयोगको लागि नेपाली भूमीमा पुगेर उद्दार, उपचार तथा विभिन्न सहयोगमा खटिएका विदेशी नागरिकहरूलाई धन्यवाद स्वरूप सम्मान गर्नु राष्ट्रकै गौरवको कुरा हो, जुन इजरायलवासी नेपालीहरूको इतिहासमा अनन्त: रहिरहनेछ । सम्पूर्ण नेपालीहरु एक भएर उनीहरु लाइ सम्मान गरौं साथै भूकम्प पिढीत राहत कार्यक्रम भब्य सफल पारौं !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com