महिला विश्वकप उपाधि अमेरिकालाई

क्यानडा, बीबीसी, असार २१ ,

कार्ली लोयडले १३ मिनेटभित्र गरेको ह्याट्रिक मद्दतमा अमेरिकाले महिला विश्वकपको फाइनलमा जापानलाई ५–२ ले हराउँदै उपाधि जितेको छ ।

लोयडले खेल सुरु भएको ३, ५ र १६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन । खेलको १४ औं मिनेटमा होलिडे र हेथले गोल गर्दै अमेरिकी टोलीको अग्रता बढाएका थिए । जापानको लागि ओगिमी र जोन्स्टोनले २७ र ५२ औं मिनेटमा गोल गरका थिए ।

सन् २०११ को महिला विश्वकपको पेनाल्टी सुट आउटमा अमेरिकालाई हराउदै जापानले उपाधि जितेको थियो । अमेरिकाले यसअघि १९९१ र १९९९ मा पनि महिला विश्वकपको उपाधि उचालेको छ । तीन पटक महिला विश्वकपको उपाधि जित्ने अमेरिका एक मात्र टिम हो ।
महिला विश्वकपको यो फाइनल प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी गोल भएको फाइनल खेल हो । सन् १९५८ को पुरुष विश्वकपको फाइनलमा ब्राजिलले स्वीडेनलाई ५–२ ले नै हराएको थियो । यो पुरुष विश्वकपको सबैभन्दा बढी गोल भएको फाइनल हो ।

फाइनल खेलमो लोयडले तेस्रो मिनेटमा गरेको गोल महिला विश्वकपको फाइनलमा सबैभन्दा छिटो भएको गोल हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com