'तमाम बर्बादी र नोक्सानपश्चात पनि जीवन बाँकीरहेछ

बिबिसी : कुरा १९७० को दशक शरुआत तिरको हो। ब्रेंडा मायर्स पावेल त्यतिबेला सानी अबोध बालिका नै थिइन्, जतिबेला उनलाई देह व्यापारमा धकेलिएको थियो।
तीन दशकपछि यहाँ उनी आफ्नो कथा सुनाउँदै छिन्,


कसरी उनी देह ब्यापारको गल्लीमा पुगिन् र अरु कुनै केटी यस्तो जालमा नफसून् भन्नको लागि आफ्नो जिन्दगी किन समर्पित गरिन्? भन्ने कथा सुनाएकी छन्।  उनको कथाले कोही व्यक्तिलाई अप्ठ्यारो लाग्न पनि सक्छ।
शुरुआति जिन्दगी

शुरुआतबाट नै मेरो जिंदगी दुखदायी थियो। तर, मैले सँगै यसलाई खुसियाली बनाउने नै कोसिस गरिरहेँ।

मेरो बाल्यकाल १९६० को दशमका पश्चिमी शिकागोमा वितिको थियो। म ६ महिनाको हुँदा मेरी आमाको स्वर्गबास भयो। त्यसतामा मेरी आमा मात्र १६ वर्षकी हुनुहुन्थ्यो। म लाई आमाको मृत्यु कसरी भएको भन्ने कुरा कहिल्यै थाहा भएन। धेरै रक्सी पिउने मेरी हजुरआमाले कहिल्यै पनि मेरी आमाको मृत्युको कारण बताउनु भएन।

मैले सुनेको छु, उहाँ निकै राम्रो हुनुहन्थ्यो। र, उहाँको हाँसो पनि निकै मीठो थियो। मलाई थहा छ कि यो कुरा साँचो हो किनभने म पनि त्यस्तै छु।

हजुरआमाले नै मेरो रेखदेख गर्नु भयो। उहाँ निकै असल हुनुहुन्थ्यो। उहाँको खराब बानी भनेकै रक्सी पिउने थियो। उहाँ रक्सी पिउने आफ्ना साथीहरुलाई बारबाट घरमै लिएर आउनुहुन्थ्यो। उहाँलाई रक्सीको मात लागेपछि उहाँका साथमा आउने अपरिचितले मसँग हर्कत गर्न सुरु गर्थे। यो सबै कुरा म चार पाँच वर्षकी हुँदादेखि नै शुरु भएको थियो।

हजुरआमा अर्कोको घरमा काम गर्नुहुन्थ्यो। उहाँलाई काममा जान २ घण्टा लाग्थ्यो र फर्किन पनि उत्तिनै समय लाग्थ्यो। यस्तो अवस्थमा म तला भित्र बन्द रहने बालिका थिएँ। एउटा चाबी मेरो गर्दमा झुण्डिरहेको हुन्थ्यो। म आफै स्कुल जाने आउने गर्थें। मलाई उत्पिडनमा पार्नेहरुलाई यो कुरा थाहा थियो र यसको फाइदा उठाउँथे।
म आफ्नो घरबाहिर आकर्षक तथा चम्किला कपडाहरुमा सजिएका महिलाहरुलाई उभिइरहेको देख्थें। मलाई थाहा नै थिएन कि उनीहरु त्यहाँ किन उभिइरहन्छन्। मैलाई त्यो चमक–दमक मन पर्थ्यो र बाल्यकालमा म पनि चम्कीली देखिँन चाहन्थें।

एक दिन मैले हजुरआमासँग ती महिलाहरुका बारेमा सोधें। उहाँहले भन्नुभयो, 'ती महिलाहरु आफ्नो आफ्नो अन्तरबस्त्र खोल्छन् र पुरुषहरुले उनीहरुलाई पैसा दिन्छन्।'

मलाई याद छ त्यो कुरा सुनेर मैले मनमनै भनेकी थिएँ, 'म पनि त्यस्तै गर्छु।'

म चञ्चल र बिन्दास स्वभावकी केटी थिएँ। म धेरै हाँस्थें। मलाई धेरै डर पनि लाग्थ्यो। मलाई थाहा नै थिएन कि मसँग भइरहेका व्यवहारहरुमा मेरो कमजोरी थियो या थिएन। म सोच्थें मैले केही गलत गरिरहेको छु। स्मार्ट छात्रा हुँदाहुँदै पनि स्कुलसँगको मेरो सम्बन्ध टुट्यो।

१९७० को दशक पूरा हुँदा नहुँदै म एक यस्ती केटीमा बदलिएँ कि जसलाई 'हुँदैन' भन्ने नै आउँदैनथ्यो।

गाउँमा कुनै पनि केटाले मरो नजिक आएर मन पराउँछु भन्न सक्थ्यो। १४ वर्षकी हुँदा नहुँदै गाउँका केटाहरुसँगको सम्पर्कका कारण मेरा दुई छोरी भइसकेका थिए।

मेरी हजुर आमाले मलाई भन्न थाल्नु भयो कि ती छोरीहरुका लागि मैले केही कमाइ गर्नुपर्छ।

एक गुड फ्राइडेको साँझ म मार्क ट्वेन होटलको अगाडि उभिएँ। मैले टु पिस ड्रेस पहिरिएकी थिएँ, जसको मूल्य ३.९९ डलर हुँदो हो। मैले सस्तो प्लाष्टिकको जुत्ता लगाएकी थिएँ। आफूलाई ठूली देखाउन मैले त्यस्तै खालको लिपिस्टिक पनि लगाएकी थिएँ। १४ वर्षकी म माथि त्यसबेला जे भयो म रोइ मात्र रहें। र, त्यस रात मलाई डेटमा लाने ५ जनाले मलाई बताए कि मैले के गर्नुपर्ने छ।

मैले ४०० डलर कमाएँ तर घरसम्म जानका लागि ट्याक्सी लिइँन। म रेलबाट घर गएँ र कमाईको ज्यादा अंश हजुरआमालाई नै दिएँ। उहाँले त्यो पैसा कहाँबाट आयो भनेरसम्म पनि सोध्नु भएन।

अघिल्लो साता म फेरी त्यही ठाउँमा उभिएँ। र, घर पैसा लिएर जाँदा मेरी हजुरआमा खुसी हुनुहुन्थ्यो। तेस्रो पटक म त्यहाँ पुग्नासाथ केही केटाहरु आएर पेस्तोल देखाएर मलाई त्यहाँबाट उठाएर कारमा लिएर गए। उनीहरुले मकैको एक सुनसान खेतमा लएर मलाई बलात्कार गरे। त्यसपछि उनीहरुले मलाई एक होटकको कोठामा लगेर बन्द गरिदिए। उनीहरुले ६ महिनासम्म मेरो दलालि गरे।

मैले भाग्ने कोसिर पनि गरें। तर, उनीहरुले मलाई पक्रिए मलाई धेरै पीडा दिए। मलाई पाँच पटक गोलि हानियो। १३ पटक चक्कु प्रहार गरियो। मलाई थाहा छैन कि ती व्यक्तिहरुले ममाथि यति ठूलो आक्रमण किन गरे। मलाई यति मात्र थाहा छ कि समाजमा उनीहरुलाई आरामसँग यो सब गर्ने अधिकार दिइएको छ।

शरीर वा शौचालय ?
दलालहरु टर्चर वा पीडा दिन निकै सिपालु हुँदा रहेछन्। तिनीहरु धेरै तिकडम गर्न सक्छन्। त्यसमध्ये केही रातबीच शीररमा बन्दुक पनि ताक्छन्। र, मेरा लागि यस्तो गरिस् भने यति हिस्सा पाउँछेस् भनेर पनि भन्छन्। तर, कहिल्यै दिँदैनन्। केही व्यक्ति वेश्यावृत्तिलाई ग्लामरस तथा सजिलो काम मान्छन्। तर, यहाँ त्यस्तो केही छैन। एक यौनकर्मीलाई एक दिनमा पाँच जना अपरिचित व्यक्तिसँग सुत्नुपर्ने हुन्छ। वर्षमा १८ सय भन्दाबढी व्यक्तिसँग सुत्नुपर्छ। 

''मलाई विश्वास गर्नुहुन्छ भने सुन्नुहोस्, 'यहाँ कोही फूल लिएर आउँदैनन्। यहाँ आउने पुरुषहरुले महिला शरीरलाई शौचालयको रुपमा नै प्रयोग गर्छन्।''

नयाँ जिन्दगी :
यौन कर्मीको रुपमा २५ वर्षसम्म मैले बाहिर निस्कने बाटो नै पाउन सकिनँ। १ अप्रिल १९९७ मा म ४० वर्षकी हुँदा एक ग्राहकले मलाई आफ्नो कारबाट बाहिर फ्याकि दियो।

मेरो कपडा उसको कारको ढोकामा अड्कियो। ऊ मलाई जमीनमा घिसार्दै कार चलाइरहेको थियो। मेरो अनुहारको तथा शरीरको छाला सबै खुइलियो।

म शिकागोको काउन्टी अस्पताल पुगें। मलाई आकस्मिक कक्षमा लगियो। उनीहरुले एक प्रहरी अधिकारीलाई बोलाए। उनले मलाई देख्नासाथ भने कि ...यस केटीलाई म चिन्छु। यो त वेश्या केटी हो। सायद यसले कसैलाई पिटी होला वा कसैको पैसा चोरी होला। यसलाई जे गर्नु पर्ने थियो त्यही भएको जस्तो छ।'
उसको कुरासँग नर्सहरु हाँसिरहेको आवाज मैले सुनें। उनीहरुले मलाई वेटिंग रुपमा धकेल्दीए। अचानक लाग्यो कि मसँग कोही छैन। मैले माथि हेरें र भगवान्सँग भनें, 'यी मान्छेलाई मेरो कुनै मतलव नै छैन। के तपाइँ मलाई सहयोग गर्न सक्नुहुन्छ?'
भगवान्ले मेरो अनुरोध सुन्नुभयो। एक डाक्टरले मेरो रेखदेख र उपचार गरे। उनले मलाई अस्पतालको सामाजिक सेवा रेखदेख गर्नलाई भने। उनले मलाई जेनेसिस हाउस नामको ठाउँसम्म जाने बससम्म पुर्याए। त्यहाँ एडविना गैटली नामकी अंग्रेज महिला भेटिइन्, तिनी मेरी नायिका बनिन्।

परिवर्तन:
यो एक सुरक्षित ठाउँ थियो, जहाँ मेरो आवश्यकताका हर सामान उपलब्ध थिए। म त्यहाँ दुई वर्ष बसें। मेरो अनुहार र आत्माको घाउ पुरियो। एडविनासँगबाट मैले सिकें कि महिलाहरुको समूह कसरी एक अर्कालाई माया र सहयोग गर्न सक्छन्।

सामान्य रुपमा जब एक महिला वेश्यावृत्तिबाट बाहिर आएपछि उनी त्यसको बारेमा कुरा गर्न चाहँदैनन्। मलाई एक जागिरको खोजी थियो। मैले एक विश्वविद्यालयका शोधकर्ताको काममा सहयोग गर्न यौनकर्मीका बीचमा काम शुरु गरेँ। र, मलाई थाहा भयो कि सकैले उनलाई सहयोग गरिरहेको थिएन।
स्टिफन डेनिल्स विल्सनका साथ २००८ मा मैले ड्रिम क्याचर फाउण्डेशन बनाएँ। म महिला र केटीहरुको जीवनका खराब सपनाहरु दूर गर्न थाहन्थें। हाल म किन लोगिनोटाले निर्देशन गरेको फिल्म 'डिमक्याचर'मा हाम्रो कामलाई देखाइएको छ।

अहिलेसम्म हामीले १३ छात्रालाई माविसम्मको शिक्षा दिलाइसकेका छौं। यसबाहेक म विभिन्न सम्मेलनमा भाग लिएर यौनकर्मीहरुको बारेमा गरिने अध्ययन र खोजका विषयमा योगदान गरिहेको छु।

मेरा छोरीहरु जसलाई मेरी आन्टिले हुर्काइ बढाइ ठूली बनाउनु भएको छ। उनीहरु शानदार महिलाको जीवन बिताइरहेका छन्। उनीहरु मध्ये एक डाक्टर, अर्की क्रिमिनल जस्टिसका लागि काम गरिरहेका छन्। मेरा पति र मैले हाम्रो भतिजोलाई धर्म सन्तान पालेका छौं। म अहिले ५८ बर्षकी भएकी छु। त्यसैले म तपाईंलाई बताउन सक्छु, 'तमाम बर्बादी र नोक्सानपछि पनि जीवन बाँकी रहँदोरहेछ।'

(ब्रेंडा मायर्स पावेलले बीबीसी वर्ल्ड सर्भिसको आउटलुक कार्यक्रमका बताएको आफ्नो कथा। उनका कामहरुमा आधारित डक्युमेन्ट्री 'ड्रिमक्याचर'लाई किम लांगीनोट्टोले निर्देशन गरेका छन् र बीबीसी स्टोरीविलेअन्तर्गत लण्डनमा अक्टुवरमा प्रसारण गरिने भएको छ।) 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com