अक्तियारको कर्मचारी भन्दै रकम असुल्ने प्रक्राउ

शुक्रबार आषाढ १८,

नारीदर्पण : अख्तियारको नक्कली कर्मचारी बताउदै रकम असुलेको आरोपमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

अख्तियारको कर्मचारी भन्दै रकम असुल्ने बुटवल १३ देवी नगरका २५ बर्षीय अजित गौतमलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीको मोदिपुर स्थित जयप्रकटेस्वर बोर्डिङ्ग स्कुलमा आफु अख्तियारको कर्मचारी भन्दै रकम असुलेपछी गौतमलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख राज ढकालले जानकारी गराएका हुन् ।

गौतमले सो बोर्डिंगबाट अख्तियारको कर्मचारी भन्दै एकलाख पैसठ्ठी हजार लिएको प्रहरी प्रमुख ढकालले बताउनु भएकोछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com