बृक्षारोपण सम्पन्न

रत्ननगर, ८ साउन ,

पूर्वी चितवनको रत्ननगर १० मा रहेको पञ्चकन्या सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । शान्तिकुञ्ज सामाजिक महिला उद्यमी संस्था सालघारीको आयोजनामा बृक्षारोपण गरिएको हो । 

महिला उद्यमी संस्थाका अध्यक्ष पार्वती न्यौपानेको नेतृत्वमा भएको बृक्षारोपण कार्यक्रममा सामुदायिक बनका अध्यक्ष रामबाबु श्रेष्ठ, उपाध्यक्ष कृष्ण बगाले, दुर्गा बराल, गोमा भण्डारी पबित्रा न्यौपाने, शर्मिला बगाले, हेमलाल बराल लगायतले बोल्नुभएको थियो । 
बृक्षारोपण कार्यक्रममा सालघारी टोल र कृष्णमन्दीर टोलका सयौँ महिलाहरुको सहभागिता रहेको थियो । पञ्चकन्या सामुदायिक बनको खाली रहेको चउरमा जिल्ला बन कार्यालयले उपलब्ध गराएको जामुन, सिसौ, शिरिष, लगायतका बिरुवा रोपिएको थियो । 

यसैगरी बनक्षेत्रको खाली जग्गामा क्रमश बृक्षारोपण गर्दै बनको हैसियत बृद्धि गर्ने र हरियाली बढाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com