कोसी अस्पताल द्वारा ९ हजार विपन्नलाई निःशुल्क सेवा प्रदान

पथरी (मोरङ), २९ असार ,

कोसी अञ्चल अस्पताल विराटनगरले पूर्वाञ्चलका विभिन्न जिल्लाका नौ हजार विपन्नलाई रु ६२ लाख बराबरको निःशुल्क सेवा प्रदान गरेको जनाएको छ ।

अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख कामेश्वर झाले आव ०७१/७२ मा पूर्वाञ्चलका विभिन्न क्षेत्रका विपन्न, गरिब, दलित, महिला, आदिवासी जनजाति, सीमान्तकृत र पिछाडिएका र वृद्धवृद्धालाई निःशुल्क सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

अस्पतालमा भर्ना भएका नौ हजार सर्वसाधारणलाई एक्सरे, इसिजी, ल्याब टेस्ट, शल्यक्रिया, फिजियो थेरापी, श्ययालगायतमा निःशुल्क गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत वर्ष झन्डै आठ हजारको हाराहारीका विपन्न, गरिब, दलित, महिला, आदिवासी जनजाति, सीमान्तकृत र पिछाडिएका र वृद्धवृद्धालाई सेवा प्रदान गरिएको थियो । सो अस्पतालमा पूर्वका विभिन्न जिल्लाबाट दैनिक एक हजार सर्वसाधारण सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com