आयुवेर्दिक किन अपहेलित

काठमाण्डौ आषाढ २१,

भागिरथ झा : शरीर, इन्द्रीय, मन र आत्माको संयोगलाई आयु भनिन्छ र आयुको बारेमा जुन शास्त्रमा वर्णन गरिएको छ । त्यसलाई नै आयुर्वेद भनिन्छ । 

सृष्टीको उत्पत्ती सँगै आयुर्वेदको प्रादुर्भाव भएको मानिन्छ । यस चिकित्सा सेवाको जति लामो इतिहास छ । त्यो हिसाबले यसको विकास नभएको प्रष्ट छ । सरकारले यस चिकित्सा सेवालाई वैकल्पिक चिकित्सा सेवा भन्नु नै गलत हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको सांकेतिक एवं कुनै कुनै ठाउँमा प्रष्ट रुपमा हेला गरेको अनेकौ उदाहरणहरु छन् त्यस्तै आयुर्वेद क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि आयुर्वेदको विकासको बाधकको रुपमा रहेको छ । झिना मसिना कुरालाई लिएर ऊर्जावान व्यक्तिहरु दिनदिनै मन्त्रालय धाउने गर्दछन्  । देशको एक मात्र केन्द्रीय स्तरका नरदेवी आयुर्वेद चिकित्सालय साह्रै अपायक ठाउँमा रहेको प्रायः वीर अस्पताल, टिचिङ्ग अस्पतलामा निको नभएका विरामीहरु यस चिकित्सालयमा निराश भएको अवस्थमा सेवा लिन पुग्दछन् ।

नरदेवी आयुर्वेद चिकित्सालायको स्थापना भएको १०० वर्ष पुरा हुन लागेको छ । आयुर्वेद चिकित्सा सेवाको दुईटा माध्यम संशोधन चिकित्सा अर्थात् शरीर भित्रका खराबीलाई बाहिर निकाल्ने पञ्चकर्म विधि र संशमन चिकित्सा अर्थात् औषधि सेवनबाट रोग निको पार्ने विधि स्रैद्धान्तिक रुप मार्फत् व्यवहारमा निकै सफल रहेको छ । आयुर्वेदका काय चिकित्सा, शल्य, शालाक्य, कौमारभृतय आदिका चिकित्सकहरु ज्टिल खालका समस्याहरु समाधान गरि निराशमय जीवनलाई चम्किलो उज्जवलमय बनाउँन सफल छन् तउनीँहरुले आफ्नो अनुभव पत्रपत्रिका वा अन्य सञ्चार माध्यममा पु¥याई जनसमक्ष नल्याउनु ठूलो कमजोरीका रुपमा देखिन्छ । १५ एम.एम. सम्मको मृगौलाको पत्थरी, प्रथम चरणको कलेजोमा हुने सिरोसीस, जटील किसिमका जन्डिश, जटिल किसिमका छालाका रोग, पेट रोग, स्त्रीरोग सम्बन्धि समस्याहरु औषधि सेवन गराई निको पार्नु ठूलो कुरो हो ।
मृगौलाको पत्थरीको हकमा १५ एम.एम. सम्मको ठूलो पत्थरी आधुनिक चिकित्सकले शल्यक्रियाका लागि सिफारिस गर्छ । तर, आयुर्वेदमा थोरै खर्चमा औषधि सेवनबाट निको भएका सयांै उदारहणहरु छन् । पायल्स, फिस्टुला जस्ता समस्यामा औषधि सेवन वा क्षारसुत्र शल्यक्रिया निकै सफल रहेको छ । यस्ता सेवा दिनै चिकित्सकहरु आफ्ना अनुभव र अनुसन्धान सार्वजनिक र राष्ट्रिय स्तरमा रहेको सञ्चारमा ल्याउन आजको आवश्यकता हो । आयुर्वेद क्षेत्रमा रहेका कन्सलटेन्ट विज्ञहरुले दिएका सेवा, सेवाग्राहिलाई मात्र थाहा हुन्छ । मन्त्रालयमा यसका प्रस्तावना, अनुसन्धान गरिएका खोज सम्बन्धमा स्पष्ट कार्यपत्र न्यून मात्र रहेको पाइन्छ ।
निती निर्माता तहका विज्ञहरुले यस प्रति ध्यान दिन अति आवश्यक देखिन्छ । आयुर्वेद अनुसन्धान र तालिम केन्द्र नामाकरण गरि कीर्तिपुरको यो निकाय चिन सरकारद्वारा भौतिक पूर्वाधार हिसाबले सम्पन्न देखिन्छ । सरकारको लगानीबाट केही वर्ष अघि सञ्चालित उक्त निकायले के के अनुसन्धान गर्या ?  प्रत्येक चौमासिक रुपमा पत्रपत्रिका लगायतका सञ्चार माध्यमबाट नागरिकमा पु¥याउन ढिलो भैसकेको छ । 

मुख्य रुपमा आयुर्वेदको अनुसन्धानलाई नै जोड दिई सञ्चालित उक्त निकायले कुन रोगको बारेमा, कुन जटिबुटीको बारेमा वा कुन औषधिको बारेमा कति समय वा राशिको लागतमा के अनुसन्धान गरि निष्कर्ष निकाल्यो त्यो कुरा आम नागकिमा मिडिया मार्फत पु¥याए त्यस निकायको गरिमालाई पुष्टी गर्न सकिन्छ ।
आयुर्वेद चिकित्सा प्रणाली अहिले पनि उत्तिकै सान्दर्भिक र असरदार छ । तर, यो चिकित्सा प्रणालीलाई किन यस्तो अवहेलना ?

(झा नरदेवि आयुर्वेद चिकित्सालय, काठमाडौंमा कार्यरत छन् । )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com