दुःखको ‘सगरमाथा’मा भेटिएकी शेर्पा चेली

अस्पताल जाने अचेल मेरो नियमित काम जस्तै भएको छ । डाक्टरको पालो पर्खिने बेलामा म त्यहाँ पर्खिरहेका अरु बिरामीसँग कुराकानी गर्न रुचाउँछु । यसैपनि अस्पताल सुखी आउने ठावैँ होइन, दुःखी आउँछन् । 

दुःख बाँड्दा घट्छ भन्ने नेपाली उखान छ । त्यही उखान आत्मसाथ गर्दै दुःखहरु सुन्छु । किड्नीका बिरामीहरुसँग कुरा गर्न र उनीहरुको दुःख थोरै भएपनि बाँड्न बढी मन लाग्छ । यही क्रममा सोलुखुम्बुकी ४२ वर्षीय शेर्पा चेलीको दुःखले भरिएको जीवन कहानी सुनेँ । 

बाँडेर बाँड्न नसक्ने दुःख बोकेर हिँडिरहेकी छिन् । संसारभर पर्वतारोही बनेर देशको नाम उचो बनाएका समुदायकी एक चेली आफू दिनदिनै रसातलमा भासिरहेको अनुभव गरिरहेकी छिन् । 

अरु शेर्पासँग विश्वको सर्वाेच्च शिखर सगरमाथा होला, उनीको दुःखको सगरमाथा त्यो भन्दा होचो छैन । डाक्टरको काम रोग पत्ता लगाउने र त्यो अनुसार उपचार गर्ने हो । तर, गरिब रहेको यो देशमा डाक्टरले रोग पत्ता लगाएर मात्रै कहाँ उपचार गर्न सकिन्छ र ? उक्त रोगको उपचार गर्ने पैसा अभावले ज्यान गुमाउने थुप्रै छन् । बस् यही लाइनमा उभिएकी छिन्, एक हिमालकी छोरी । उनी मिर्गाैलाको रोगले थलिएकी छिन् । उनको खुट्टा सुनिएको छ । सुत्न, हिँड्न र सास फेर्न अप्ठ्यारो हुने गर्छ । 

मिर्गाैलाले काम गर्न छाडिसकेकाले डाक्टरहरुले ‘कि डायलेसिस सुरु गर्नुपर्ने किकसैको मिर्गाैला फेर्नुपर्ने’ भनिरहेका छन् । डाक्टरको काम रोग पत्ता लगाउने र त्यो अनुसार उपचार गर्ने हो । तर, गरिब रहेको यो देशमा डाक्टरले रोग पत्ता लगाएर मात्रै कहाँ उपचार गर्न सकिन्छ र ? उक्त रोगको उपचार गर्ने पैसा अभावले ज्यान गुमाउने थुप्रै छन् । बस् यही लाइनमा उभिएकी छिन्, एक हिमालकी छोरी । सोलुखुंबुमा जिल्लामा डायोलिसिसको सुबिधा छैन । काठमाडौं लगायत ठूला शहरमा बस्ने उनको ल्याकत छैन । दुर्गम भेगका बिपन्न किसान मजदुर परिवारको भएकाले काठमाडौं ओत दिने मान्छे समेत छैन । घरमा हुर्किदै गरेका ४ सन्तानलाई अलपत्र छाडेर काठमाडैं आइपुगेका थिए, उपचार गरेर घर फर्किने आशा बोकेर । 

सधैं सरकारले भनेपछि खुरुक्क अघि सर्ने यी निमुखाका लागि दुःखमा कहीँ सरकार भेटिदैन र अहिले पनि छैन । यहाँ ठूला ब्यापारी पनि छन् । विश्वका के जाती पत्रिकामा नाम छापियो रे भनेर खुशी मनाउने यी जनताका लागि ती ब्यापारी होइनन् । ती त पार्टीलाई चन्दा दिन्छन् र आफ्नो दुनो सोझ्याउँछन् । धर्म गर्ने भनेर खोलिएका धार्मिक संगठनहरु कहाँ गरिब छन् र ? धर्म परिवर्तन गराउन करोड खर्च गर्न सक्छन् तर सेवा नै धर्म हो भन्ने तीनका ग्रन्थहरुमा मात्रै सिमित छन् । आफन्त त कसका हुँदैनन् । उनका पनि छन् । जसको मिर्गाैला दिन मिल्छ, ती भागेर हिडिरहेका छन् रे । सायद ज्ञानको अभाव वा इच्छा नभएर पनि होला । र, अब उनीसँग जीवनका दिन गन्ती बाहेक केही छैन, यही अवस्था रहिरह्योे भने । देश छ । सरकार छ तर, सधैं सरकारले भनेपछि खुरुक्क अघि सर्ने यी निमुखाका लागि दुःखमा कहीँ सरकार भेटिदैन र अहिले पनि छैन । यो देशको सरकार त पहुँचवालाको हो । 

नेपालमा मात्रै कहाँ हो र विदेश पुगेर उपचार गर्ने यही देशका पहुँचवाला हुन् । यहाँ ठूला ब्यापारी पनि छन् । विश्वका के जाती पत्रिकामा नाम छापियो रे भनेर खुशी मनाउने यी जनताका लागि ती ब्यापारी होइनन् । ती त पार्टीलाई चन्दा दिन्छन् र आफ्नो दुनो सोझ्याउँछन् । कहिलेकाहिँ सडकमा पानी बाँडेर उपकारको नाटक मञ्चन गरेर पनि देखाउँछन् । धर्म गर्ने भनेर खोलिएका धार्मिक संगठनहरु कहाँ गरिब छन् र ? धर्म परिवर्तन गराउन करोड खर्च गर्न सक्छन् तर सेवा नै धर्म हो भन्ने तीनका ग्रन्थहरुमा मात्रै सिमित छन् । विद्यार्थी संगठनहरु बलात्कार गरेर जेल परेको गुण्डालाई छुट्याउने ल्याकत राख्छन् तर यी निर्दाेषहरुका अघि ।रहेको पीरको काँडा पन्छाउन कहिल्यै अघि सर्दैनन् । ताथकथित समाजसेवीहरुको तस्बिर टिभीमा आउँछ तर यस्ता दुःखी रहने ठाउँमा उनीहरु कहिल्यै भेटिदैनन् । 

देशको सुशासनको ठेक्का लिएका एनजिओ छन् । तर, उनीहरुको जनतामाझ कहिल्यै सार्थक उपस्थिति भएन । यस्ता दुर्गमका गरिब बिरामीहरुलाई काठमाडौंमा एउटा आवास गृह बनाउने सोच यी कुनै तथाकथितहरुलाई आएको छैन । बेसहारा रोगीहरुलाई अत्यावश्यक सेवा दिने स्वयंसेवकहरु अहिलेसम्म भेटिएका छैनन् । यो एउटा सोलुखुम्बुकी चेलीको मात्र दुःखको कथा होइन । यो देशका बहुसँख्यकको हाल यस्तै छ । अस्ति भर्खरै पनि सरकारले बजेट भाषण गर्दा यस्ता जटिल बिरामीका लागि सहयोग गर्ने घोषणा गर्याथ्यो क्या रे ! सोलुखुम्बुकी चेलीले सोधिन्, ‘कहाँ भेटिन्छ सरकार ?’ भन्न सकिनँ, ‘सरकार त यस्तै दुःखी पिडित पुग्ने ठाउँमा हुनुपर्ने हो । तर, खोजेर कहाँ भेटिन्छ नेपालको सरकार !’ _ रामहरी अधिअकारी-स्वास्थ्य खबर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com