बर्षाका कारण ३ को मृत्यु १ बेपत्ता

बिहिबार साउन १४,

नारीदर्पण : गएराती अविरल बर्षा हुँदा चितवनमा दुई जनाको गएको छ । अविरल बर्शाकै कारण पहिरोए गाह्र पुरिंदा चितवनको सिद्धिमा एक बालिकाको मृत्यु भएको स्रोतले जनाएको छ ।

सिद्धि ७ मा हरि बहादुर चेपाङ्गको घर पहिरोले पुरिंदा छ बर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

यस्तैगरि काउलेमा एकजना बेपत्ता छन् । गएराती काउलेमा करिब नौ बजे तिर स्थानीय ऋद्धिखोला तर्ने क्रममा भोटे गाउँका  शुक्र बहादुर चेपांग बेपत्ता भएको स्थानीय चन्द्र बहादुर चेपाङ्गले जानकारी दिएका छन् ।
स्थानीयले खबर गरेपछि अहिले इलाका प्रहरी कार्यालय मुग्लिन बाट प्रहरी खटिएका छन् । बर्षाका कारण गाविसको ७,८ र ९ मा वाडिले त्यहाँको खेतीपातीमा पनि क्ष्यति पुर्याएको छ ।

बाडीका कारण पहाडी जिल्ला पदमपुर, शक्तिखोर लगायतका स्थानमा निकै प्रभावित हुन पुगेका प्रमुख जिल्ला अधिकारि बिनोद प्रकाश सिंहले बताए ।  प्रमुख जिल्ला अधिकारीका अनुसार पदमपुरको बुङ् खोलाले कैयौं प्रभावित हुन पुगेको छ भने राप्ति नदीका कारण सौराहाको नदि किनारमा रहेका होटल डुबानमा परेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com