महिला पत्रकारहरुको समस्या पहिचान गरिने

भरतपुर, २३ असार ,

डब्लु डब्लु जे चितवनमा पुन ः शान्ता : चितवनमा क्रियाशिल पत्रकार महिलाहरुको अवस्था वारे तथ्याक संकलन गरि दक्षता अभिवृद्धि गर्ने प्रस्ताव पारित गदै क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे चितवनको प्रथम अधिवेशन भरतपुरमा सम्पन्न भएको छ । 

पत्रकार महिलाहरुको समस्या पहिचान गदंै सञ्चार गृहहरुको स्थलगत निरीक्षण गरी तथ्याक सार्वजनिक गर्ने निर्णय गरेको छ । डब्लु डब्लुजेले पत्रकार महिलाहरुको हक अधिकार क्षमता दक्षता अभिवृद्धिका लागि विभिन्न काम गर्ने संस्थाकी अध्यक्ष शान्ता अधिकारीले बताउनु भएको छ । 

पत्रकार महिलाहरुको संख्यात्मक वृद्धि गदै गुणात्मक पत्रकार महिला बनाउदै नीति निर्माण तहमा अर्थपुर्ण सहभागिता गराउ पहल गर्ने स्पष्ट पारे । अधिवेशनमा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिपेन्द्र बडुवालले सक्रियरुपमा काम गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए ।

उनले महिलाका विषयमा केन्द्रित मुद्धामा रिपोटिङ गर्न पत्रकार महिलाहरुनै अग्रसर भएर लाग्नु पर्नेमा सुझाव दिए । पत्रकार महिलाका मुद्धामा महासंघ जुनसुकै अवस्थामा पनि सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । यस्तै पत्रकार सृजना अर्यालले पत्रकार महिलाहरु एक जुट भएर कार्यक्रम गर्नु पर्ने भन्दै महिला महिला बिच एकले अर्कालाई सहयोग गर्न लाग्नुपर्नेमा जोड दिए । 

पत्रकार अनिता खनालले संगठनलाई सक्रिय रुपमा लैजानु पर्ने सुझाव दिईन् । अधिवेशनमा वार्षिक प्रतिवेदन प्रस्तुत गदै महासचिव सरिता पौडेलले डब्लु डब्लुजे चितवनले हिंसामा परेका तथा विविधि स्वाथ्य समस्यामा परेका पत्रकार महिलाहरुलाई आर्थिक, कानुनी तथा अन्य आवश्यक सरसल्लाह र गरिएको सहयोग बारे जानकारी गराए । उनले रुचि भएर पनि सक्रिय रुपमा काम गरिहेकाहरुलाई प्रोत्साहन गर्नेखालका कार्यक्रमहरु नहुनुले यस पेशामा महिलाहरुको स्थायित्व हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । 

अधिवेशनले पुन शान्ता अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा प्रमिता ढकाल, महासचिवमा सरिता पौडेल, कोषाध्यक्षमा संगिता आचार्य र सचिवमा शोभा पुडासैनीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा दिवा भट्टराई, सविता नेपाली, कमला गुरुङ र केशु लामिछानेलाई चयन गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com