राजेश पायल राईको नयाँ गीतको भिडियो

काठमान्डौ साउन ८,

सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको एल्बम रासुमको यो जुनी यस्तै भयो, अर्को जुनी तिम्रै हुन्छु....बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

राजेश पायल राईको आवाज रहेको सो गीतको भिडियो निर्देशन प्रदिप रसाइलीले गरेका छन् । गीतमा अविदको संगीत र सञ्जीव बराईलीको संगीत संयोजन छ । भिडियोमा जेनिशा केसी, दिपेश कार्की र नवराज कोइरालको अभिनय छ ।

उपत्यकाका विभिन्न स्थानका दृष्य कैद गरिएको सो भिडियोलाई अजय रेग्मीले छायाँकन र ओम प्रसाइले 
 सम्पादन गरेका हुन् । रासुम बस्नेतको तेस्रो एल्बम हो ।एल्बमलाई कम्पास मिडियाले बजारमा ल्याएको छ ।
== Video . . . 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com