पहिरोपीडितलाई राहत प्रदान

इलाम, ३ साउन

होटल एसोसिएसन नेपाल(हान), इलामले गोदक–१ राजदुवालीमा रहेका पहिरोपीडितलाई शनिबार राहत प्रदान गरेको छ । एसोसिएसनले होटल व्यवसायीबाट रकम सङ्कलन गरी रु १० हजार र दुई बोरा चामल राजदुवालीका टेकबहादुर मगर र रणबहादुर मगरलाई प्रदान गरेको हो ।

गत असार १५ गते राति परेको अविरल वर्षाका कारण पहिराले घरबारविहीन बनेका उनीहरुलाई जनही रु पाँच हजार र एक बोरा चामल प्रदान गरिएको हानका सचिव तोया ढकालले बताउनुभयो ।

हानले गोदकस्थित माईभगवती वृद्धाश्रमका १३ वृद्धवृद्धालाई पनि फलफूल, छाता र टर्चलाइट वितरण गरेको कोषाध्यक्ष मिलन राईले जानकारी दिनुभयो । वृद्धाश्रमका अध्यक्ष विष्णु दाहालले अहिलेसम्म दुःखसुखका साथ आश्रम सञ्चालन भइरहेको बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com