फेरी भूकम्पको धक्का

काठमाडौँ साउन १०,

गएराति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ । त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com