जापानमा एनअारएनको नाममा ब्रम्हलुट

देबेन्द्र बस्याल : जापानमा चार दिनपछि गैह्र नेपाली नागरिक (एन.आर.एन.) को चुनाव हुदैछ । त्यसको सबै पदहरूमा ५-६ जनाको दरले कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

एन.आर.एन. भन्नाले नेपाली नागरिकले नेपालको नागरिकता त्यागेर विदेशको नागरिकता ग्रहणगरी सम्बन्धित देशमा स्थायि बसोबास गरेको व्यक्ती, उनीहरुको समुह वा संस्थालाई एनआरएन भनिन्छ तर कम्तीमा २ बर्ष जापानमा बसोबासगरेको नेपाली नागरिकलाई एन.आर.एन.को सदस्य बन्नपाउने नियम जापान एनआरएनका पदाधिकारीहरुले बनाउनु भएकोरहेछ । एन.आर.एन.को परिभाषा र अन्तराष्ट्रिय नियम अनुसार नेपालको नागरिकता त्यागिनसकेको व्यक्ति त्यसको सदस्य बन्न वा बनाउन मिल्दैन तर किन एन.आर.एन.का पदाधिकारीहरुले नेपाली नागरिकलाई जबरजस्ती दुई वर्ष जापान बसेकै आधारमा गैह्र नेपाली नागरिक एन.आर.एन.को सदस्यता बितरण गरिरहेका होलान ? 

आखिरमा किन उनीहरु यो हचुवा निर्णय गर्नपुगें ? कतै उनीहरुको चिन्तन गर्नसक्ने क्षमतामा राह्रस आएको त हैन ? यदी उनीहरुलाई नेपालको माया लाग्थ्यो भने किन नेपालको नागरिकता त्यगे वा दोहोरो नागरिकता प्राप्तगरेर बसे ? गैह्रनेपाली मानुभावहरुलाई हामी प्रश्न गर्न चाहान्छौं कि तपाईहरुलाई नेपालीहरु र नेपाली समाजको माया लाग्छ भने अन्यकुनै संग–संस्थाको नामबाट आम नेपालीकामदारलाई समेट्ने प्रयत्न किन गर्नुभएन ? आफुहरुले नेपाली नगरिकता त्यागियो भनेर सबै नेपाली अर्थात नेपाली नागरिकता त्यगिनसकेकाहरुलाई पनि सती लैजान मिल्छ ? यसखालको कार्यले त नेपालको शदियौ पुरानो सती प्रथाको झझल्को दिईरहेको आभाष भैरहेको छैन र ? 

महत्वपूर्ण कुरा त के पनि हो भने सदस्यता लिने व्यक्तिले पनि सदस्यता लिनेबेलामा सोच्नु पर्ने हो, आफु सदस्य बन्ने संस्थाबारे गहर अध्यायन गर्नुपर्ने हो । हामी आम जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यो निबेदन गर्न चाहान्छौं कि तापाईहरु पनि आफुले आफुलाई चिनेरमात्र कुनैपनि संघसंगठनमा आबद्ध हुनुपर्दछ । शती जाँदापनि मान्छे चिनेरमात्र जाऔं ? हुन त कतिपय अपवाद छाडेर कयौं नेपालीको बानी आँखा चिम्लेर साथीभाई र आफन्तजनको स्वरमा स्वर मिलाउने रहेको छ यसमा कसैको दुईमत नहोला । 

हामी नेपालीको यसखालको स्वभावका कारणले पनि नेपालको राजनीति वा निर्णयात्मक परिस्थितिमा नकरात्मकरुपबाट महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । जापानमा एनआरएनका निवर्तमान उपाध्यक्ष नरबहादुर थापा जो अहिलेको अध्क्षपदमा उमेद्बारी दिनुभएको छ उहाँले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ एनआरएनलाई सधैं धनाड्यहरुको संस्था भनेर चिनिएको छ अब म अध्यक्षमा निर्बाचित भएको खण्डमा यस संस्थालाई सर्वसाधारणको सस्थामा बदलल्नेछु, नेपालको बिकासमा सहयोग गर्नेछु, सहयोग जुटाउन प्रयत्न गर्नेछु भन्नुभएको छ । 

नेपालीहरुको सवै कार्यक्रममा पुगेको कुरा सहयोग गरेको कुरा, घटनाहरुमा सहयोग गरेको कुरा पनि गर्नुभएको छ आदी । यीनै कारणहरुलाई देखाएर आफ्नो पद सुनिश्चित गर्नकोलागि उहाले अत्याधिक भोट आफुले नै पाउनुपर्छ भनेर जिकिर पनि गर्नू भएको छ र चारै जना अध्यक्षमा लडेकाहरुको स्वर पनि एउटै छ । प्रबासमा रहँदा प्रबासमा जुन समाज, संग–सस्था खोलिन्छ त्यसको प्रमुख उद्देश्य वा कारण प्रदेसी नेपालीहरुलाई परेका दुःख कष्ट, उनीहरुमाथी विदेशी मालिकबाट हुने अन्याय–अत्याचार, शोसण–दमनका बिरुद्धमा आबाज उठाउन र कामदारलाई उनीहरुको हकअधिकार दिलाउनको लागि संग–सस्थाको निमार्ण गरिन्छ । यसको एउथटै उद्देश्य हो नेपाली एकता । तर जापानको परिवेश विलकुल फरक छ यहाँ जति पनि संगसस्था स्थापना भएका छन तिनको न कुनै दिर्घकालिन उद्दश्यनै छ न तिनले कुनै नेपालीकामदारको पिरमर्काको पक्षमा काम गरेर सहयोग गर्न नै सकेकाछन ।? यहाँ त कुरा गर्न पनि लाज लाग्छ, नेपाली भएर नेपालीहरुको बिरुद्धमा लेख्न हामीलाई मन थिएन तर परिस्थितिले बाध्य बनाउदो रहेछ । 

हिजो बिर गोर्खालीका सपुत भनेर बिदेसमा चिनिने नेपाली आज जापानमा नेपाली मज्दुरहरुका प्रमुख दुश्मन सक्ती भनेर चिनिएका छन । जापानमा रेष्टुरेन्ट मज्दुरहरूलाई आर्थिक, शारीरिक, मानसिक र चरम श्रमशोषण गर्नेहरु पहिलो नम्वरमा एन.आर.एन.का पदाधिकारीहरू नै अग्रपङतीमा रहेका छन । यतिमात्र होइन अन्य कतिपय बाहिर नदेखिएर काम गर्नेहरु त झन कति हो कती छन । यति सम्म ब्रम्हलुट छ कि नेपालबाट कामदारभिजाको लागि जापान सरकारले एक पैसा लिनेगरेको छैन तर यहाँ दशलाख देखि पन्द्रलाख असुल्ने गर्दछन । 

जापान जानकोलागि भनेर कुनै पनि नेपालीले बाउवाजेका पालादेखीको जेथा कित बेच्नु पर्छ कि महा–रिणको भारी बोक्नु पर्छ । त्यतीमात्र कहाँ हो र दसपन्द्रलाख तिरेर यहाँ आईसकेपछी दिनमा १२–१५ घण्टा काममा लागाउने, बिहान ९ बजेबाट बेलुका १२ बजेसम्म काम, कम्तीमा हप्तामा एउटा छुट्टी पनि नदिने, जापानको स्केलमा तलब नदिने, कतिले त विना तलब बन्धक बनाएर काम गराउने, महिनौ तलब नदिने, काम गर्दा लगाउने कपडा युनिफम समेत नदिने, कुकको श्रीमतीलाई जापान ल्याउन कुनै शुल्क लाग्दैन तर यहाँ पाँचसात लाख सम्म असुलिदिने यति कहाली लाग्दो छ जापानमा रेष्टुरेन्ट मजदुर रहरुको व्यथा शब्दमा बर्णन गर्न सकिन्न । २१औंशताब्दीका नयाँ दाशहरुको रुपमा प्रकट भएका छन कुकहरु जापानमा । 

कतिपयले जापान ल्याइदिएकोमा गर्भगर्ने गर्दछन आफु भगबानको अवतारनै भएको भानपार्ने कोसिस गर्दछन तर कुरा त्यसो होईन कुनै पनि व्यक्तिले रेष्टुरेन्ट खोलेपछि कामदार त ल्याउनु पर्छ बिनाकामदार रेन्टुरेन्ट त चल्दैन, पैसा त फल्दैन जस्ले आफ्नो काम र प्रयोजनकोलागि कामदार ल्याउछ उसलाई उसको जीवनभरी शोषण गर्ने, यातना दिने, दुखदिने काम जापानमा रेष्टुरेन्टमालिकबाट जुन हदसम्म भएको छ यसको लेखाजोखा सस्ले गर्ने ? के एनआरएनले श्रमजीवी कुकमज्दुरहको अधिकारकोलागि आवाज उठाउला भन्ने कसैले आषा गर्नुभएको छ ? 

बाइस पचिस रेष्टुरेन्टका मालिक एनआरएनका पदाधीकारीले आप्mनो खुट्टामा आफै बन्चरो हानेर देखाउन सक्लान ? उदाहरणको लागि के एनआरएनको अध्यक्षमा दाबेदार गर्नु हुने नरबहादुर थापाले आफ्नै रेष्टुरेन्टबाट आठ घण्टाकाम, ओभरटाइमको व्यवस्था, हप्तामा अनिबार्य छुट्टी, कामदारलाई युनिफमको व्यवस्था र नेपालबाट कामदार ल्याउदा अशुलेको १०–१५ लाख फिर्ता गरी उदाहरणिय काम गरेर देखाउन सक्लान ?के अन्य तिन जना अध्यक्षमा लडेकाहरुको पनि त्यसखालको साहास होला ? हामीलाई लाग्छ त्यस्तो हुनेछैन । 

सामन्तबादका भरौटेहरुले मज्दुरहरुको पक्षमा एक शव्दपनि बोल्ने छैनन् त्यसैले सम्मपूर्ण जापानबासी रेष्टुरेन्ट मजदुर साथीहरु अव पनि हामी हात बाँधेर बस्यौ भने हामी जीउदो लाश जस्तै भएर बाँच्नु पर्ने छ त्यसैले आप्mनो अधिकार प्राप्तीको लागि एकताका हातहरु उठाऔं, एकताका आवाज वुलन्द गरौं, हाम्रो खुन, पसिना र मिहिनेतमाथी पौडी खेलिरहेका रक्तपिपाशुहरुलाई चिनेर उनिहरुका विरुद्ध अचुक निशानी लगाऔं । तपाईहरु मिहिनेत गर्ने मजदुरबर्गको साथी भनेको जापान नेपाली एकतासमाज मात्र हो । जस्ले आफ्नो स्थापनाकाल देखि नै सबैखाले शोषण बिरुद्ध लड्ने अठोट गरेको छ । निश्चितरूमा एकदिन मजदुर रहरुको जितहुने छ भने शोषकबर्गको विनाष हुने छ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com