बर्थिङ सेन्टर सञ्चालन गर्न श्रीमद्भागवत सप्ताह

रौतहट साउन १४,
चन्द्रपुर नगरपालिका–८ स्थित पौराई उपस्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न बुधबारबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

सो महायज्ञको सभासद् रामकुमार भट्टराईले एक समारोहबीच उद्घाटन गर्दै बर्थिङ सेन्टर सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

बर्थिङ सेन्टर सञ्चालन गर्न करिब रु १५ लाख लाग्ने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । यसअघि करिब ५०० कन्या कुमारीको सहभागितामा शोभा कलशयात्रा निकालिएको थियो । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com