भारतका पूर्व राष्ट्रपति कलामको निधन

साउन ११,

बिबिसी ; भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको सोमबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। 

८४ वर्षिय कलाम शिलौंगमा आयोजित एक कार्यक्रममा भाषण गर्दै गर्दा लड्न पुगेका र उनलाई गम्भीर हालतमा अस्पतालमा लगिएको बताइएको छ। 

भारतका परमाणु पिताका रुपमा समेत चिनिने कलाम, प्रसिद्ध क्षेप्यास्त्र बैज्ञानिक थिए। उनी सन् २००२- २००७ देखि पांच वर्षसम्मका लागि भारतको राष्ट्रपति भएका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com