असार १८, चितवन ,
पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको पञ्चतेज ज्योति
राष्ट्रिय प्राथमिक विद्यालय र गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रको
संयुक्त पहलमा विद्यालय नजिकै रहेको पञ्चकन्या सामुदायिक बन
क्षेत्रभित्रको खाली जग्गामा बृक्षारोपण गरिएको छ ।
आज एक
कार्यक्रमका बीच ५० वटा कटहरको बिरुवा र १०० वटा बकाइनोको
बिरुवा रोपिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले
बताउनुभयो । पञ्चकन्या सामुदायिक बनका पूर्व अध्यक्ष बीरबहादुर
पाख्रिन बर्तमान अध्यक्ष रामबाबु श्रेष्ठ, उपाध्यक्ष कृष्ण बगाले,
सहसचिब पूर्णप्रसाद खतिवडा स्थानीय बुद्धिजीबीहरु नगरपालिकाका
प्रतिनिधि, विद्यालयका शिक्षकहरु र चेपाङ्ग विद्यार्थीहरुले आ आफ्नो
नाममा बृक्षारोपण गरेका थिए ।
उक्त जमिनमा २०० वटा कटहरको
बोट लगाई कटहर बाटिका निर्माण गरिने र नजिकै रहेको अर्को
खाली जमिनमा २०० बोट कागती रोपेर कागती बाटिका निर्माण गरिने
विद्यालयका प्रधानाध्यापक मगरले बताउनुभयो । बृक्षारोपणमा
सामुदायिक बनको भरपुर सहयोग रहने अध्यक्ष रामबाबु श्रेष्ठले
बताउनुभएको छ ।