खुट्टामा जीवित राखिएको हात १ महिनापछी पुनः हातमै

बुधबार साउन ६,

एजेन्सी : यदि कसैको हात काटिएर खुट्टामा जोडियो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, चिनका डाक्टरले हालै यो गरेर देखाइदिएका छन् । 

हालसालै एक चिनियाँ मजदुरको काम गर्ने क्रममा मेसिनले हात काटिदिएको थियो । तुरुन्तै हातसँगै हात जोड्ने अवस्था नआएपछि चिनियाँ डाक्टरले हात जीवित राख्न खुट्टामा लिएर जोडिदिए । पछि पुनः हातमै जोडिदिएका छन् । 

अहिले हातका औंला समेत चल्न थालेपछि यसको मेडिकल जगतमा प्रशंसा भइरहेको छ । तर, राम्ररी चलाउन भने केही समय लाग्ने बताइएको छ । बेलायतको चर्चित पत्रिका डेलिमेलका अनुसार चिनको चांगशा प्रान्तमा यो घटना भएको थियो । यहाँको एक फ्याक्ट्रिमा काम गर्ने जाउ नामका ब्यक्ति गम्भीर दुर्घटनामा परेका थिए । 
एक दिन काम गर्ने क्रममा घुम्नेवाला ब्लेड मेशिनमा गल्तीले जाउको हात प¥यो । उक्त मेशिनका धार र स्पिड यति दु्रुत थियो कि जाउको हात काटिएर छुट्टियो । यसपछि सहकर्मीले उनलाई तुरुन्तै हस्पिटल लिएर गए । जाउलाई हस्पिटल चांगशाकै जियांगा हस्पिटल लिइएको थियो । त्यहाँ पुर्याउनेले हात समेत लिएर गएका थिए । उनको उपचार हस्पिटलका माइक्रो सर्जरी हेड डा ट्यांग जुयुको नेतृत्वमा भएको थियो । 

Surgeons Save Hand By Grafting It To Leg डाक्टरका अनुसार त्यतिन्जेलसम्म जाउको हात जिउँदै थियो । त्यसपछि हातको मांशपेशिका कारण जोड्न नमिल्ने भएपछि हात थप समय जिवित राख्न उनीहरुले खुट्टामा जोड्ने उपाय निकाले । हात खुट्टाका नशा र रक्तनलीसँग जोडेर एक महिना जिउँदो राखिएको थियो । 

एक महिनापछि उक्त हात फेरि हातमै ल्याएर जोडिएको बताइएको छ । हात खुट्टामा जोडिएको समाचार पहिल्यै आएपनि फेरि हातमै जोडेर सकुशल बनाएको घटना भने हालसालै सार्वजनिक भएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com