संविधानको प्रारम्भीक मस्यौदाबारे रत्ननगरमा अन्र्तक्रिया

रत्ननगर ०३ साउन,

शिशिर सिंखडा : नेपालको संविधानको प्रारम्भीक मस्यौदा अध्ययन तथा सुझाब संकलन सम्बन्धी अन्र्तक्रिया रत्ननगरमा आज भएको छ । नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं.२ ले आयोजना गरेको कार्यक्रम क्षेत्रीय अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको थियो । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सभासद काशीनाथ अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सभासद अधिकारीले जनताको चाहना अनुसारको संविधान जारी हुने भएकाले महत्वपूर्ण सुझाब दिन नागरिकलाई आग्रह गर्नुभएको थियो । 
दलहरु बीच प्रदेशका नाम प्रदेश सभाले राख्ने सहमति भएको भएपनि नागरिकवाट उपयुक्त सुझाब आए नामङकन र सिमाङन सहितको संविधान आउने उहाँको भनाई थियो । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले मुलुकका प्रमुख राजनीतिक दलहरुको सहमतिमा नयाँ संविधान आएकाले त्यसका सबैको विषय समावेस भएको बताउनुभयो । 
उहाँले केही महत्वपूर्ण विषयमा सुझाव दिन नागरिकलाई आग्रह गर्नुभयो । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रामशरण कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागिहरुले सभासद अधिकारीसंग संविधानको सुझाव दिने विषयमा अन्र्तक्रिया समेत गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com