गर्मि बढे सँगै सर्पको टोकाईबाट बिरामी हुने संख्या बढे

गौशाला साउन ५,

वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

महोत्तरी जिल्ला अस्पताल जलेश्वर असारमा मात्रै ३५ जना सर्पले टोकेको बिरामी उपचारका लागि आएका छन् भने जेठमा १३ जना र वैशाखमा १२ जना आएको अस्पतालले जनाएको छ । 

यसअघि फाटफुट रुपमा कहिलेकाहीँ सर्पले टोकेको बिरामी आउने गरेको जिल्ला अस्पतालमा अहिले दैनिक सर्पदंशका बिरामी आउने गरेको चिकित्सक सतिश साहले बताए । जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशविरुद्धको औषधि एन्टिस्नेक भेनम अहिले पर्याप्त मात्रामा रहेको अस्पतालले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com