भूकम्प प्रभावित क्षेत्रमा टाईफाईड र झाडापखाला

मंगलबार साउन ५,

नारीदर्पण : भूकम्प अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा टाईफाईड र झाडापखालाका बिरामी देखिन थालेको छन् । दुसित पानी खाएकाले प्रभावितहरुमा सरुवा रोगको जोखिम बढेको इपिड़ी न्युओलोजी तथा रोग नियन्त्रण महासाखाले जनाएकोछ ।

नयाँ बिरामी देखिएको सिन्धुपाल्चोकको बतासमा गाविस मा आबस्यक रुपमा औषधि पठाई सकिएको र आबस्यक परेमा चिकित्सकको टोलि पनि पठाइने महाशाखाका निर्दशक डाक्टर बाबुराम मरासिनीले बताउनु भयो ।

ग्रामिण क्षेत्रमा स्थानीय बासिन्दाले पानी सुद्धिकरण नगरी खाने गरेकाले बर्षा लागेपछि सरुवा रोगको जोखिम झन् बढ्दै गएको उहाँको भनाइ रहेको छ । सुद्धिकरण गरेको पानीको स्वाद केहि खल्लो हुने भएकाले अधिकामंसले सिधै खोलानाला, कुवा र धारा बाट पानी पिउने गरेका छन् ।

बिरामीहरुको स्थानीय स्वास्थ्य संस्थामा र सदरमुकाम चौतारामा उपचार भैरहेको छ । यस्तैगरी अति प्रभावित क्षेत्रमा खानेपानीको ब्यबस्था गर्न टोलि खटाइएको स्रोतले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com