महिलाको जजमेन्ट यसप्रकार नहोस्

मुम्बई, श्रावण ३,

एजेन्सी : केही समयअघि आफ्नै मर्जी भन्दै दीपिका पादुकोणले एक भिडियो सन्देशमा महिलाप्रति कसैले पनि अनावश्यक सोच नलाद्न आग्रह गरेकी थिइन्।

भलै, उक्त भिडियो केही विवादित पनि भएको थियो। तर अधिकांशले महिला सशक्तीकरणका लागि एक खुड्किलो भएको भन्दै तारिफ पनि गरेका थिए। भारतीय एक प्रमुख मिडियाले नै दीपिकाको क्लिभेजका बारेमा अतिरञ्जित फिचर तयार पारेको भन्दै ट्वीटरबाटै विरोधको मिसाइल छोडेकी यी नायिकाको भिडियो आएपछि दीपिका चर्चाको केन्द्रमा थिइन्।

अब पालो आएको छ, अर्की अभिनेत्री विद्या वालनको। यति बेला विद्याको पनि महिला सशक्तीकरणका विषयमा तयार पारिएको भिडियो आएको छ। भिडियो सार्वजनिक भएपछि विद्याले सबैमा अनुरोध गर्दै महिलाले लगाउने पोसाककै भरमा वा उनीहरूको लामो कपालका कारण वा हिँड्ने तरिकाकै भरमा जजमेन्ट गर्नु जायज नहुने जिकिर गर्दै भनिन्, ‘महिलाहरूका लागि केही धक्कापूर्ण प्रोत्साहनको खाँचो छ। त्यसैले पनि यस्तो बेलामा कृपया कसैले महिलाका लागि आलोचना नगर्नुहोला।’

विद्यासहितको उक्त भिडियोमा उनीसहित केही महिलाहरू मास्क लगाएर कोलकताको बाटोमा नाच्दै हिँडिरहेको देखिन्छ। तर जब एकतमासको हेराइ उनीहरूप्रति बढ्दै जान्छ, विस्तारै लगाइरहेको मास्क खुल्दै जान्छ। जसमा चर्चित बंगाली अभिनेत्री अपराजिता घोष, तुम्पा घोष, मधुमिता सरकार र सुदीपा चक्रवर्तीहरू देखापर्छन्। विद्या पछिल्लो समय फिल्मबाट समेत महिला सशक्तीकरणको मुद्दालाई उठाउने अभिनेत्रीमा पर्छिन्।

उनी पछिल्लो समयकी त्यस्ती अभिनेत्री हुन्, जो मुख्य भूमिकामा रहेरै दर्शकलाई फिल्म हेर्न हलसम्म तान्न सक्षम भएकी थिइन्। ‘द डर्टी पिक्चर’, ‘कहानी’ मा उनी लिड रोलमा रहेरै फिल्म हिट बनाइदिएकी थिइन्। त्यसअघि बलिउडले नायिकालाई लिड रोलमा राख्ने हिम्मत गर्दैनथ्यो भने गतिलो भूमिका केवल पुरुष पात्रकै भागमा हुनुपर्ने द्वेषपूर्ण सोचाइ राख्ने गथ्र्यो। तर अहिले विद्यापछि कंगना रनावत र दीपिका स्वयं यस पंक्तिमा लागिरहेका छन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com