चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न र जस्तापाता

रत्ननगर ०२ साउन 

रत्ननगर–१० मंगलपुरमा हरेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न र जस्तापाता सहयोग भएको छ । प्याराभेट भरतपुरले खाद्यान्न र अष्टेलियामा कार्यरत रविन सापकोटा र युनिसा सापकोटाले जस्तापाता सहयोग गरेका हुन । 

प्याराभेटले चामल १५ बोरा,चिउरा भूजा १५ बोरा,२ कार्टुन तेल सहयोग गरेका हुन । प्याराभेटका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.रामकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा प्याराभेटका उपाध्यक्ष रुद्रकुमार श्रेष्ठ,पशु चिकित्सक महेन्द्र शाह,तिलकशर्मा पौडेल,सरस्वती सापकोटा,गोमा सिंखडा,भवानी न्यौपाने लगायतले वोल्नुभएको थियो । प्रमुख डा.रामकुमार कार्कीले केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई निरन्तर सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भने पदमपुर निवासी गोमा सिंखडा र भवानी न्यौपानेले भान्सा घर बनाइदिने घोषणा गर्नुभयो । 

अष्टेलियामा अध्ययनरत सापकोटाले आफनो हजुरबुवा स्वर्गिय तुलसी प्रसाद सापकोटाको स्मृतिमा सो जस्तापाता सहयोग गर्नुभएको उहाँका आमा सरस्वती सापकोटाले बताउनुभयो । 
सो अवसरमा केन्द्र नजिकै रहेको पञ्चकन्या सामुदायिक वनको खाली जग्गामा पञ्चतेज ज्याति प्राथमिक विद्यालय र केन्द्रको सयुक्त पहलमा निर्माण गरिएको कटहर बाटीकामा डा.रामकुमार कार्की र प्याराभेटका अध्यक्ष अमृत श्रेष्ठले आआफनो नाममा कटहरको विरुवा रोप्नुभएको थियो । केन्द्रमा हाल चितवन,मकवानपुर,धादिङका १०६ जना विपन्न चेपाङ समुदायका वालवालिका आश्रित छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com