अबैध सुन सहित २ पक्राउ

बुधबार साउन ६,

नारीदर्पण : विदेश बाट अबैध रुपमा ल्याइएको सुन सहित दुई जनालाई प्रहरीले आज त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल बाट पक्राउ गरेको छ । गए राति कतार एयरको उडान बाट दुवै हुँदै काठमाण्डौ आएका नवलपरासीका तेइस बर्षीय रामचन्द्र थनेतलाइ अन्तराष्ट्रिय विमान स्थलमा सुरक्षा प्रहरीले आठसय पचहत्तर ग्राम सुन सहित पक्राउ गरेको हो ।

भन्सार चेक गर्ने क्रममा डिभिडी प्लेयरको टास्क फर्म भित्रको कोयालमा लुकाई छिपाई ल्याएका अन्दाजी आठसय पचहत्तर ग्राम सुन फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तैगरी फ्लाई दुवै उडान बाट गए राति आठ बजे काठमाण्डौ आइपुगेका पर्वतका डिबिराम बस्याललाइ पनि प्रहरीले पक्राउ गरेको छ । बस्यालले अन्दाजी सातसय पचपन्न ग्राम सुन बैध रुपमा लुकाई छिपाई ल्याएका थिए । पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि बानेस्वर वृत्त पठाइएको विमान स्थल स्थित सुरक्षा स्रोतले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com