गायक निजेन श्रेष्ठको हाम्रो ट्राफिक दाई बजारमा

काठमाण्डौ  आषाढ ३०,

एक्सन मिडिया ग्रुप प्रा लि को आयोजनमा महानगरिय ट्राफिक प्रहरी माहाशाखा नजिक रहेको यगम्बर पार्टी हलमा हाम्रो ट्राफिक दाई" बोलको गीत सार्वजनिक भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि डी आइ जि जय बहादुर चन्द रहनु भएको थियो ।

कार्यक्रमको शरुवातमा प्रमुख अतिथि डी आइ जि चन्द द्वारा दिप प्रज्ज्वलन गरि शुरुवात गरिएको कार्यक्रममा बिशिष्ठ ब्यक्तित्तो, कालाकार, कलाप्रेमी, समाजसेवी, नेपाल ट्राफिक प्रहरी र मिडियाकर्मीहरुको उपस्थित थियो ।

त्यस पछी एक्सन मिडिया ग्रुप प्रा लिका प्रबन्ध निर्देशक ओम प्रसाइले आफ्नो स्वागत मन्तब्य राख्दै कार्यक्रमकको बारेमा प्रष्ट पार्नु भएको थियो । एक्सन मिडिया ग्रुपले बजारमा ल्याएको भिडीयोमा नवल खड्का, उतम केसी ,राम लामीछाने , महादेब त्रीपाटी , निजेन श्रेष्ठ लगाएतको अभिनय रहेको छ ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का, गायक हेमन्त शर्मा, कलाकार उत्तम केसी, सानु ताम्राकार लगायतले गीतको प्रसंशा सहित सफलताको शुभकामना दीएका थिए । उक्त म्युजिक भिडियोलाई यो अवस्था सम्म ल्याउनको लागि सहयोग पुर्याउनु हुने ब्यक्ति, मिडिया, तथा संगठनलाई कदर गर्दै खदा ओडाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

यस्तै यस कार्यक्रमलाई सफल बनाउन र प्रचार प्रसार गर्न मुख्य भूमिका निभाएका न्यूज पोर्टल न्यूज अभियान डट कम, बुस्ट मिडिया, लगाएतका अन्य मिडियालाई समेत आयोजको तर्फ बाट कदर पत्र सहित सम्मान गरिएको थियो । निजेन श्रेष्ठको शब्द , स्वरमा रहेको गीतको भिडीयोलाई प्रदीप रसाइलीले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पादन ओम प्रसाइको रहेको छ ।

उक्त भिडीयोको बिषयमा आफ्नो धारणा राख्दै महानगरिय ट्राफिक प्रहरी प्रमुख डीआइजि जय बहादुर चन्दले ट्राफिक प्रहरी प्रति माया र सदभाब बोकेको भिडियोले नेपाल ट्राफिक प्रहरीहरु प्रति आगाडी बढ्न थप हौसला मिलेको बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com