कृषि विश्वविद्यालयमा झार विज्ञानमा नयाँ कोर्ष थपिँदै

असार २९, मंगलवार

अनन्तप्रकाश सुवेदी : रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातकोत्तरमा झार विज्ञान सम्बन्धि नयाँ विषयको अध्यापन आउने सत्रबाट थालिने वालिविज्ञानका प्रोफेसर तथा कोर्ष विकास केन्द्रका निर्देशक श्रवण कुमार साहले बताउनुभयो ।

निर्देशक साहले मंगलवार एक कार्यक्रममा सो भनाइ राख्नुभयो । कार्यक्रममा अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा नवराज देवकोटा, क्यालिफार्नीया स्टेट विश्वविद्यालयका प्रा अनिल श्रेष्ठ, विनरक इन्टरनेशनलका निरिक्षण तथा मुल्यांकन विशेषज्ञ छन भट्टचन, विश्वविद्यालयका अन्य प्राध्यापक तथा विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

विनरक इन्टरनेशनको यु एस एड फार्मर टु फार्मर कार्यक्रमका स्वयंसेवकको रुपमा रामपुरमा सो कोर्ष बनाउन आउनुभएका प्रा अनिल श्रेष्ठले आफ्नो एउटा सपना साकार भएको बताउनुहुँदै विश्वविद्यालयमा झारको विषयमा अध्ययन अनुसन्धान सुरु हुने भएकाले निकै खुसि भएको बताउनुभयो । झार विज्ञानका प्राध्यापक श्रेष्ठले यस विषयमा अमेरिकामा म धेरै वर्ष देखिन लागि रहेकाले नेपालमा यसको अनुसन्धान र अध्यापनलाई पछि सम्म सहयोग गर्न आफु प्रयासरत हुने बताउनुभयो ।

यो झार सम्बन्धि विषयको अध्ययन अनुसन्धान सुरु भए पश्चात बिसहजारी ताल, निकुञ्ज लगायत धेरै ठाउँमा यसले पुराएको हानि नोक्सानिको विशेष अध्ययन हुने र यसबाट केही फाइदा पुग्नेमा सबै सहभागिले आशा व्यक्त गरे ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com