आइतबार आषाढ २७,
'' हाम्रो प्रतिबद्धता र निरन्तर अभियान
पहिचान सहितको संघियता, संघियता सहितको संबिधान '' _ भन्ने मूल नाराका साथ् इज़रायालामा पनि यहीं आउँदो अगष्ट १४ तारिक शुक्रबारका दिन २१ औं विश्व आदिबासी दिवस भव्यताका साथ् मनाउने तयारी भैरहेको छ । उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव डा; ओम गुरुङ ज्यु इज़रायल आउंदै हुनुहुन्छ ।
रोजगारको सिलसिलामा मध्यपूर्व इज़रायलमा कार्यरत जनजातिहरुले यो दिवस मनाउने अन्तिम तयारी गरिरहेको सम्बंध्ती स्रोतले जानकारी दिएकोछ । आदिबासिहरुका लागि विश्व आदिवासी दिवस एउटा महत्वपूर्ण दिवस हो । जनजातिहरुले पनि आफ्नो भाषा ,सस्कार ,सस्कृतिलाई संरक्षण, सम्बर्दनको निम्ति तथा देशमा निर्माणाधीन संबिधानमा आफ्नो हक अधिकारहरु पूर्ण रुपमा स्थापित गराउनको लागि दबाब मुलक आवाज बुलन्द गर्नको निम्ति आगामी १४ अगस्ट सुक्रबारको दिन इजरायलमा पनि भव्य मनाउने भैरहेको छ ।
उक्त दिवसमा इजरायलमा कार्यरत सम्पर्ण नेपाली आदिबासी जनजाति तथा गैर आदिबासी जनजाति दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि नेपाल आदिबासी जनजाति माहासंघ इजरायल हार्दिक अनुरोधका साथै निमन्त्रणा गर्दछ ।
।
मिती : १४ अगष्ट २०१५ शुक्रबारसमय : साँझ ८ बजे
स्थान : लेबन्डा ३२ , तेल अभिव
'' आदिवासी जनजातिमहासंघ इज़रायल ''