केन्द्रलाई सहयोग

चितवन २६ असार,

पूर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गाामबेसीको चेपाङ संरक्षण केन्द्रलाई चितवन मेडिकल कलेज भरतपुर र एएनटी हिरोसिमा जापानको संयुक्त पहलमा खाद्यसामग्री र भवननिर्माणर्थ रकम सहयोग भएको छ।

आज केन्द्रमा एक कार्यक्रमकाबीच नगद २० हजार र सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा मेडिकल कलेजका डा.दयाराम लम्साल,डा.अजय शाक्य डा.पुजा कोईराला र डा.मधु श्रेष्ठसँगै मेडिकल कलेजका दन्त चिकित्सा विभागका स्वास्थ्यकर्मीको टोली केन्द्रमा पुगेर बालबालिकाहरुको स्वास्थ्य जाँच गरि स्वास्थ्य शिविर समेत गरेको थियो ।

मानव सेवा आश्रम भरतपुरकी प्रमुख ममता न्यौपानेको पहलमा केन्द्रमा सो कार्यक्रम सम्पन्न भएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताउनुभयो ।केन्द्रमा हाल गोर्खा ,धादिङ मकवानपुर र चितवनका गरि १०२ जना चेपाङ बालबालिका आश्रित छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com