सुत्केरी श्रीमतीको जिब्रो लगायत बिभिन्न अंग काटेर हत्या

रुकुम आषाढ २५,

सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अङ्ग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्रेको छ। 

बाइस दिनकी सुत्केरी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय चौरजहारीले पक्रेको हो । 

यही असार २१ गते राति घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका बुढालाई आज जिल्ला झिकाइएको रुकुमका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक पुरनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

जिब्रो काटिएकी, अनुहार, टाउकोलगायत शरीरका अन्य ठाउँमा गम्भीर चोट लागेकी बालिकाको उपचारका निम्ति अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्युपछि फरार रहेका छविलाललाई तीन दिनपछि स्थानीयवासीको सुराकमा पक्राउ गरिएको हो । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com