चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न र स्टेशनरी सहयोग

रत्ननगर आषाढ १७,

होमनाथ सुबेदी :  रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न र स्टेशनरी सहयोग भएको छ । केन्द्रलाई युवा संमाज नेपाल र अष्टेलियामा रहेका सुमन रेग्मीको आर्थिक सहयोगमा १०२ थान स्कुल व्याग,६ वोरा चामल,स्टेशनरी र २ छाक खाना सहयोग भएको हो ।

युवा संमाज नेपालका अध्यक्ष केशव रेग्मी,खगराज ओझा,सहदेब लकाद्री,पार्वती घिमिरे,तारानाथ रेग्मी केन्द्रमै पुगेर सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगरका महासचिव देवेन्द्रकुमार श्रेष्ठले पनि केन्द्रमा आश्रित वालवालिकाहरुलाई स्टेशनरी सहयोग गर्नुभएको छ । केन्द्रमा १०२ जना चेपाङ वालवालिका आश्रित छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com