स्वास्थ्य कार्यक्रम घोषण सुरु गरेर चितवन सौराहा लायन्सले कार्यकाल सुरु गर्यो

चितवन असार १७,

राजेन्द्र आचार्य/ किशोर रिजाल : पर्यटकीय नगरी सौराहामा रहेको सामाजिक संस्था लायन्स क्लब अफ चितवन सौराहाले विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

क्लब बर्ष २०१५÷१६ का अध्यक्ष प्रकाशचन्द्र भटराईको नेतृत्वमा गठित नयां कार्य समितिले आफ्नो कार्यकाल सुरु भएको आज पहिलो दिनको अवसरमा यस्तो घोषण गरेको हो । जिल्लाको ग्रामिण तथा विकट क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीको सहकार्यमा क्लबले विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन सुरु गरेको क्लबका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले एक कार्यक्रमका विच घोषण गरेका थिए । 

सौराहा लायन्सले विगतमा पनि विभिन्न खाल नयां कार्यक्रमहरु गदै आएको थियो–अध्यक्ष भटराईले भने यो पटक ग्रामिण क्षेत्रमा हामी प्ग्दा स्वास्थ्यको अवस्था दयनिय पायौं । यसलाई सुधार गर्न विद्यालय स्वास्थ्य नै प्रभावकारी देखेर कार्यक्रम हाम्रो नयां कार्य समितिले घोषण गरेको हो । 
पूर्वी चितवनको खैरहनी नगरपालिका कुमरोज र्हनरीमा रहेको दिव्यज्योती निम्न माध्यामिक विद्यालयमा व्यक्तिगत सरसफाई अभिमुखीकरण तालिम र रक्त समुह परिक्षण गरि कार्यक्रमको सुरु गरेको क्लबका सचिव शिरलाल परियारले जानकारी दिए । कार्यक्रमको एक समारोहका विच मुगकुञ्ज उपभोक्ता समिति रत्ननगर बछौलीका अध्यक्ष बासुदेव ढ्ङ्गानाले उद्धघाटन गरेका थिए । 

क्लबकी उपाध्यक्ष सुजता पाण्डे विष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख संयोजक राजेन्द्र खरेल, व्यवस्थापक दिपेन्द्र खरेल र स्वास्थ्य सहायक सुवोध अधिकारी लगायतले व्यक्तिगत स्वास्थयका बारेमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । क्लबले लियो कलब अफ चितवन सौराहा र सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीको संयुक्त आयोजनामा जिल्लाका ग्रामिण र विकट क्षेत्रका विद्यालयमा यो कार्यक्रमलाई निरन्तरता दिने क्लबले जानाएको छ ।
कार्यक्रममा लियो क्लब सौराहाका संस्थापक अध्यक्ष गोविन्द ढकाल, निर्वतमान अध्यक्ष प्रितम सिल्लवाल, लायन्स क्लबका सदस्यहरु धुव्र गिरी, रामकुमार भट्ट, विक्रम चौधरी, अर्जुन पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा कक्षा ५ दखि ८ कक्षाका ९८ जना विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com