भोगाई इजरायलको


सिमा श्रेष्ठ
सिमा श्रेष्ठ

त्यस दिनलाई मैले बिर्सेकी छैन । लाइनको लस्कर, तछाड मछाड अनि इन्टरभ्युको लागि मनमा उत्साह बोक्नु भएका हाम्रो नेपाली दिदी बहिनीहरू... उहाहरूको मुहारमा एक किसिमको खुसी रोनक र उत्सुकता देखिन्थियो | मेरो त कुरै नगरौ, असाध्यै आतुर थिएँ नर्भस पनि थिएँ, कतै म फेल हुने त होइन ?! अनि पालो आयो गयोपनि | ५ सय जनाको लाइनमा म त पास भएछु,तर कतिजना भित्रिनु भयो कतिजना निरास भई फर्किनु भयो त्यसपछि त केही दीनमा इजरायलको भिषा पनि लाग्यो |

जब इजरायल टेकेँ कैयौंपटक आफुलाई भाग्यमानी पाएँ त कति पटक अभागी । पटक पटक भाग्य र दुर्भाग्यका परिभाषा बदलिए । परिश्रमको पैसा गन्न कहाँ सजिलो थियो र ? भाग्य र अभाग्यको यो दुस्चक्रलाई धेरै नजिकबाट भोगें । शुरुका दिनहरुमा त लाग्यो लाग्यो म कति भाग्यमानी तर जति समयलाई चिन्दै गए कामलाई पनि बुझ्दै गए | लाग्न थाल्यो यो मेरो भाग्य होइन यो मेरो संघर्ष हो ; जसलाई मैले जित्नु छ, पुरा गर्नुछ | अनुभवहरु यस्ता रहे जसमा मैले आफुलाई कहिले पाहुनाजस्तो, कहिले केयरगिभरजस्तो, कहिले नितान्त घरेलु कामदार त कहिले जेलमा थुनिएको कैदीजस्तो निसास्सिएको अवस्थामा पाएँ । जो न लामो सास फेर्न सक्छ न बाहिर निक्लन नै सक्छ|

मेरो इम्प्लोयरको नाम फ्लोरा | फ्लोरा अर्थात फुलबाट बनेको तर व्यवहार भने काँडाजस्ती थिइन | जसले दिनहु बिझाउने गर्थ्यो | उनको सोचाइमा हामी बिदेशी कामदारको काम भनेको केयरगिभिंग मात्र होइन, अजंगको घरमा चौबिसै घण्टा सरसफाई र काममा जोतिएको जोतिएइ गर्नुपर्ने |.... उफ्फ़ कति सहनु एक दिन होइन दुई दिन होइन कति सहनु अति भयो | एक दिन त साथीलाई फोन गरे '' मलाई सारै पेल्न थाल्यो.. एउटै काम दोहोराएर गर्नु पर्ने, धम्की दिन थालेको छ अब त झन कसरी गरु'' .. भन्दै कुरा गर्दा साथीले पहिला एजेन्सीलाई कल गर अनि काम तुरुन्त छोड भन्नुभयो | त्यसपश्चात मैले काम छोड्ने निर्णय गरे | मैले कुरा राखे- 'फ्लोरा म काम गर्न सक्दिन काम छोड्छु | म तिम्रो कमारी होइन कियर गिभर हो | म बुढा बुढीको हेरचाह गर्ने हिसाबले आएको हो | घरको सम्पूर्ण काम मेसिनले गर्या जसरी गर्न सक्दिन हेर '| यति मैले के भनेको थिए उनले भनिन 'काम छोड्यो भने सिधै नेपाल पठाई दिन्छु' | ...हे भगवान नेपाल रे ? म त झस्के मेरो साढे सात लाख के गर्नु ?! जुन ब्याजमा लिएर आएको छु | पिरले फेरि एकपटक झोक्राए, बिस्तारै बिस्तारै दिमाखले काम गर्न छोड्यो | केही बिकल्प देखिन ..लाग्यो फेरि म त कति अभागी ....के सोचेको के भयो |

लामो सुस्केरा हाले हे पशुपति नाथ के समस्या रोजेर तिमीले मलाइनै दिन्छौ ? किन ..? मेरो साथी अभिभावकको सल्लाहबाट एजेन्सी गई लाख बिनती भाऊपश्चात त्यो तनाबबाट बल्लबल्ल मुक्त भई सामानलिई अपार्ट आए .....अचम्मको कुरा साथीहरू मलाई काम छोडेर हरेक झन्झट झेलेकोले दुखितभन्दा पनि मेरो बोलिको हाउभाउ देखेर दुखित भएछन | उनीहरूले के खाने ? भनेर सोध्दा उत्तर दिएछु -'फ्लोरा' | उनीहरूले के भनेको यस्तो ? भनेपछि पो झसँग भएँ ...ओ माइ गड, मानसिक रुपमा कति कमजोर हुन लगेछु,,,आफैलाई लाग्यो धन्नधन्न फुस्केको रैछु म त | ..सोचे मनमनै 'नेपालमा खूबी अनुसारको काम रोजगार पाइन्थियो भने के मलाई यी सब कुराहरूको सामना गर्नु पर्थियो होला त '..? म जस्ता हजारौ...दिदी बहिनीहरू यहाँ पिडित छन् | आफ्नो समस्या र बाध्यताको सिकार छन्, तर त्यो आवाज कसलाई सुनाउनु,आवाज निकाल्ने बित्तिकै समस्यामा पर्ने डरले चुप्प छन् | सोचे म मात्रै बोलेर के होला ....अनि त अपार्ट आएर मेरो समस्याको समाधान कहाँ भयो र फेरि अर्को कामको लागि हिडे झोला बोकी | काम नभए पछि कति लाचार भइन्छ,त्यो भोग्नेलाई थाहा हुन्छ| न गोजीमा पैसा न साथीको फोन| .....एजेन्सीले काम दिन्छ तर अर्को काममा मलाई लिदैंन कारण भाषा | ..जब भाषा आउदैन इजरायलमा राम्रो काम पाईदैन |
<blockquote>म जस्ता हजारौ...दिदी बहिनीहरू यहाँ पिडित छन् | आफ्नो समस्या र बाध्यताको सिकार छन्, तर त्यो आवाज कसलाई सुनाउनु,आवाज निकाल्ने बित्तिकै समस्यामा पर्ने डरले चुप्प छन् | सोचे म मात्रै बोलेर के होला ?</blockquote>
ढेड हप्ता भइसक्यो कामको खोजीमा हिड्दा हिड्दै लेबिन्सकी पार्क अगाडि एउटा सेतो ठुलो कार आएर रोकियो, म त ट्वा परे| सात आठ जना कारबाट मान्छेहरू भकाभक निस्किन थाले | इमिग्रेसन पुलिस पो रहेछ | मेरो पासपोर्ट माग्यो अनि भिषा चेक गर्यो सोध्यो भिषा किन लागेको छैन तिम्रो ..? काम छैन ..? मैले भने अह छैन.| ... सोध्यो किन काम नगरेको ? |मैले भने गारो भयो अनि छोडेको ..भन्यो ये ठिक छ | तिमी नया रहेछौ काम छिटो खोज अनि जाऊ भन्यो अनि छोड्यो | फलोरा नामबाट त मुक्त भए तर समस्याबाट कसरी मुक्त हुनु म ह ?! फेरि घर परिवार सम्झिनु पुगे आँखा रसायो आसु बरर खस्यो | ..यी सब घटना परबाट एकजना दिदीले देखिराहनु भएको रैछ, नजिकै आउनु भयो र भन्नुभयो- बहिनी के भयो ? काम छैन हो ? यदि छैन भने एउटा राम्रो काम छ, गर्छौ ? ..मलाई ढुंगा खोज्दा देउता मिल्यो | मैले खुसी हुँदै भने हो सीस हो म फ्री हो ...काम छ कस्तो छ कहाँ हो ? वहाले भन्नु भो -काम त यकदम राम्रो छ,तर दिमाख फुस्किएको बुढी हो ..अल्साईमर भको एकपटक बिर्सन्छ एकपटक सम्झिन्छ | मैले सोधे ' होइन एस्तो कामले कुनै अप्ठेरो त पर्दैन ह ..सीस ? म त राम्रै दिमाख भएको बुढीको काम गर्दा गर्दै धन्नै पागल भको थिए, झन् यो अल्साइमर भएको बुढी हेर्दा कुनै बिपत्ति आइपर्ने त होइन ..| उहाले भन्नुभयो पर्दैन पर्दैन गर|, मैले धन्यवाद दिदै काम हेर्न गए तेलाबिबको पिन्कास भन्ने ठाउमा |..बुढी आमाको नाम 'बिदुर' छोरिको नाम 'पिलिना' एउटई घरमा दुवैजना पहिला पहिला गारो लाग्यो बिस्तारै बिस्तारै भिज्न थाले |, भाषा नजाने पनि अलिअलि अग्रेजी भाषा बोल्ने भएकोले त्यति असजिलो परेन | तर काम भन्ने सजिलो कहाँ हुन्छ र ..? इजरायलमा 'यम सिसि' भनेको हरेक शुक्रबारको चाड जस्तो ..सबै परिवार भेला भएर भोज भतेर गर्ने दिन त्यो पनि चौरासी व्यंजन ..कुब्बा खिचडी अफ सम्बुसा केके हो केके नाम पनि | ... भनाई छ 'कदर त्यति बेला हुन्छ जति बेला मान्छेलाई आवश्यक पर्छ', सोचे हो रैछ |..मान्छे प्यारो होइन काम प्यारो ..'' धन्यवाद सीमा ''भन्नेको भीड यसरी दिन प्रतिदिन थपिदै गयो |
आज ४ पुगेर पुरा ५ वर्ष लाग्यो ...बिहान करिब ३ बजेतिर अचानक ढ्वांग आवाज आयो उठे बुढी आमा भुईमा लड्नु भको रैछ, हत्त न पत्त उठाए ..के भयो आमा भनेर सोधे भनिन, चक्कर आयो, एक गिलास पानी दिएँ | चेक गरे, सबै ठिक रैछ | तर घोडामा घाउ लागेर अलिकति रगत निक्लेको रहेछ अनि सफा गरी पट्टि लगाई सोफामा राखे | अनि छोरीलाई तुरुन्त उठाए हस्पिटल जानुपर्यो आमालाई लिएर एम्बुलेन्स बोलाउ |..फोन गरिछिंन तर एम्बुलेन्स होइन पुलिसलाई पो बोलाई छिन ...म झस्के- पुलिस किन ..? उसले भनी - तिमीले आमालाई लड़ायेउ त्यै भएर |..''हे भगवान मैले किन लडाउनु आमालाई सोध !''..भनेको आमालाई सोध्दा भनी - म निद्रामा थिए कसरी थाहा पाउनु? ! .. मेरो कन्चेट तात्यो| गर्दै नगरेको गल्तीमा यो आपत्ति ?!! ५ वर्ष काम गरे कामदार भएर होइन छोरि भएर तर खै मलाई विश्वास गरेको ? खै मेरो माया ..?? धिक्कार लाग्यो सोचे बिदेशमा जान खोज्नु त राम्रो होइन रैछ मलेसियामा जान्छन ज्यान गुमाउछन, अरबमा जान्छन आसु बगाउछन, इजरायल जान्छन दिमाख गुमाउछन भनेको हो रैछ | मन दुख्यो | मैले भने म काम छोड्छु लड्दै नलडेको कुरामा पुलिस बोलाइयो ...साच्ची नै अन्जानमा लडाए भने त जेल नै हाल्छन भैगो धन्यवाद नगर्ने काम | यो सुनेर छोरी चाहिले भनी -'त्यसो भए जा, एक सुक्का दिन्न जे गर्छेस गर !'...अनि सिधै 'कवलाबेद' गए उजुर लेखाए काम छोड्छु मेरो पैसा दिलाई दिनुस मेरो पैसा नदिने भन्दै छन् भनेर |..कबलाबेद भनेको चाहिं हाम्रो नेपालीहरूको समस्याको समाधान गर्ने ठाउ हो, त्यहा एकजना नेपाली दिदी पनि हुनुहुन्थियो - लिला लिम्बु |उहा र केही सोसल वोर्करको सलाहमा वोकिल लिए | ३ महिना भित्रैमा मैले एक्वर्षको तलब र बोनस पुरै पैसा पाए, कारण वोकिल भ्रष्टाचारी थिएँन | जसले नेपालमा झें ठुलो मान्छेको कुरासुन्ने घुसखाने गरेंन .... यसरी आफ्नो परिश्रमको पैसा हात पारे.|

सोचेर दुखित हुन्छु | अनगिन्ती कस्टबाट रुमलिइरहनु पर्ने हामी नेपालीलाई देशको संरक्षण सही नभए पछि र देशमा रोजगार नभ्ए पछि बिदेशमा भौतारिनु पर्नेरैछ । । ..हाम्रो देशमा पनि सही व्यवहार सही नेता किन हुन् सक्दैन ..? दैविक प्रकोप हुदा भूकम्प पिडितमा बाडिएको राहत त्रिपाल खाधान्य गाएब किन हुन्छन,देशको सही बाटो डोराउनेको हातमा किन पर्न सक्दैन ...? के हामी युवा पिढी सधै बाहिर बिदेशी मुलुकमा सधै यस्तै दुखका समाना गर्नु पर्ने हो त ? कहिले बन्छ फेरि त्यो पूर्ण रुपको नया नेपाल, जसमा फेरि त्यो धरहरा काष्ठ मण्डप देख्न पाइयोस ..काठमांडू भनेर रमाउन पाइयोस | ऐतिहासिक संपदा हेरेर रमाउन पाईयोस ...|

(लेखिका हाल इजरायलमा कार्यरत हुनुहुन्छ  )
&nbsp;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com