१.मुक्तक:-
सके सम्म मदत गरौँ आफ्नो देशकोलागि
सधैं भरि अघि सरौँ आफ्नो देशकोलागि
जन्मभूमि भन्दा ठूलो कोही हुन्न यहाँ
मर्नु परे पनि मरौँ आफ्नो देशकोलागि ll
२.मुक्तक:-
निमेष भरमै जिन्दगी यो लाश बन्दो रैछ
करोडौँको श्री सम्पत्ति नाश बन्दो रैछ
सहाराको खोजी हुन्छ विपत्तिमा धेरै
डुव्न लाग्दा त्यान्द्रो समेत आश बन्दो रैछ ll
३.मुक्तक:-
नि:शब्द छु,निस्तब्ध छु,दुखेको छु तिमी जस्तै
कल्पनातीत दुर्दशाले,रोएको छु तिमी जस्तै
कहिले होला उज्यालो र सुख शान्ति जिन्दगीमा
विहानीको प्रतीक्षामा,बाँचेको छु तिमी जस्तै ल
४.मुक्तक:-
आपत् विपत् पर्दाखेरि धीरता नै ठूलो हुन्छ
धीरता नै मलमपट्टी र ओखतीमूलो हुन्छ
जिन्दगानी रहे मात्रै देख्न पाइन्छ संसार यो
निरुत्साही भयौँ भने जिन्दगी यो धूलो हुन्छ ल
५.मुक्तक:-
सुशान्तिको बाढी आओस् तिम्रो आँगनीमा
सुनको विहान मुस्कुराओस् तिम्रो आँगनीमा
कालो रात्री जिन्दगीको छिटै हटोस् अब
खुसीयाली फेरि छाओस् तिम्रो आँगनीमा ll
६.मुक्तक:-
भूकम्प यो,विपत्तिको बाउ भएको छ
जिन्दगीभर नबिर्सिने घाउ भएको छ
पीडितको उद्दारमा तल्लीन छन् कोही
कोहीलाई भने धनी बन्ने दाउ भएको छ ll
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका