रावणमा भएका गुणको चर्चा गरौ – प्रवीण अधिकारी

अहो रूपमहो धैर्यमहोत्सवमहो द्युति:।
अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता॥
– वाल्मीकि

रावण रामायणको केंद्रीय प्रतिचरित्र हो । एउटा नायकलाइ उकास्न सशक्त खलनायक हुनु आवश्यक थियो । उनले रामको उज्ज्वल चरित्र बनाइ दिन हर सम्भव प्रयत्न गरे । 

वाल्मीकि द्वारा लिखित रामायण महाकाव्य अनुसार रावण एक कुशल राजनीतिज्ञ, सेनापति र वास्तुकलाको मर्मज्ञ थिए ! यस बाहेक उ ब्रह्म ज्ञानी तथा धेरै -विद्या जाने व्यक्ति थिए । उसले इंद्रजाल, तंत्र, सम्मोहन जस्ता बिभिन्न किसिमको जादु जान्दथे । पुष्पक विमान चढ्ने एक मात्र शासक रावण थिए । रावण षड्दर्शन र चारै वेदको ज्ञाता भएकोले उसलाई दसकंठी / दशानन नाउले सम्बोधित गरिन्थ्यो । 

रावणले अमृत्व प्राप्तिको उद्द्येश्य्ले ब्रह्माजीको तपस्या गरेर वरदान माँगेको थियो । त्यो बरदान रावणले आफ्नो नाइटो निर राखेको कारण बिभिषणको सल्लाहमा भवान रामले नाइटो मै हानेर रावणको बध गरेका थिए । रावण पुलस्त्य मुनिको नाती विश्वश्रवाको छोरा हो । विश्वश्रवाका देववर्णिनी र कैकसी नामक दुइ पत्नीहरू थिए । 

देववर्णिनीले कुबेरलाइ जन्म दिएपछी सौतेनी डाढोका कारण अशुभ समयमा गर्भ धारण गर्दा रावण तथा कुम्भकर्ण जस्ता क्रूर राक्षशी स्वभावका यी व्यक्तिहरु जन्मिएका थिए । यद्दपी रावणले आफ्नो साम्राज्य बिस्तार गर्दै बालीद्वीप अंगद्वीप, मलयद्वीप, वराहद्वीप, शंखद्वीप, कुशद्वीप, यवद्वीप तथा आंध्रालय सम्म पुर्याएको थियो । रावण शिव भक्तभै यमराज र सूर्य समेतलाई आफ्नो प्रभाव भोग्न विवश बनाइदिने प्रकाण्ड विद्वान, सबै जात जातिलाई एक मान्दै भेदभावरहित समाज स्थापना गर्ने शासक थियो ।

रावणमा अशल गुण धेरै थिए । उनको एउतै दोषले उनमा भएको सबैगुण छोप्यो र उ बित्रिष्णाको पात्र बन्न पुग्यो ! सीता हरणको दोष उसले बोक्नु नपरेको भए रावणको चरित्रको स्वरुप फेरिने थियो ।

कर्नाटकाको रामेश्वरम मन्दिरमा शिवजी स्थापना गर्ने समयमा बिपन्न , पत्नी बन्चित रामको अनुष्ठान सम्पन्न गर्नकोलागि रावणले सीताजीलाई पर्णकुटी सहित पन्चवटीदेखि लिएर आइ त्यो अनुष्ठान पूर्ण गरायो तर सीतालाई छोएन । उसले त्यो काम आफ्नै पण्डीत्याइमा सम्पन्न गराएको थियो । अर्थात त्यतिखेर रावण भगवान रामको पुरोहित बनेको थियो ।

यसकारण रावणको पौरुष ,पाण्डित्य ,परम शिव भक्ति ,बिद्या ,कला ,नीति आदिबाट भगवान राम पनि प्रभावित थिए । रावणलाई राक्षश भनिन्छ तर राक्षश भनेको ब्रह्माजीले समुन्द्रमा पानी शृष्टि गरिसकेपछि पानीसंगै श्रीष्टि भएका जीवहरुलाई त्यस पानीको रक्ष्या गर्ने सल्लाह दिए । केहि जीवहरुले उक्त पानीको रक्ष्या गर्ने बचन ब्रह्माजीलाई दिए त्यसकारण उनीहरु “रक्ष ” भनिन थाले र केहिले त्यो पानीको यक्षण (पुजन ) गर्ने छौ भने उनीहरुलाई यक्ष भनियो ।

रावण श्रेष्ठ ब्राह्मण कुलमा जन्मिएका थिए । उनी ग्यान ,बिज्ञान र सबै कलाको मर्मज्ञ थिए । उसको विलक्षण गुणको कारणलेनै भगवान रामले लक्ष्मणलाइ उसको मृत्युको समय शिक्ष्या लिन पठाएका थिए । रामायणको सुन्दर काण्डमा वर्णित भए अनुसार रात्रीको पछिल्लो प्रहरमा लंकामा छ अंग सहित विद्वानहरुले वेद्पाठ गरेको सुन्दा स्वयम् हनुमान पनि मन्त्र मुग्ध भएका थिए । लंका नगरी वेद बिद्वानहरुले भरिपूर्ण थियो भन्ने कुरा छर्लंग छ । _ इकोशीबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com